back
CTIZAN AD

संसद विघटनको धारा खोज्दै राजधानीमा दिउँसै लालटिन बालियो

वि.सं.२०७७ पुस २२ बुधवार

642 

shares

२२ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको प्रतिनिधिसभा बिघटनको विरोधमा अनेरास्ववियुले दिउँसै लालटिन बालेर बिरोध जनाएको छ ।

‘दिउँसै लालटिन बाल्यौं हैं, संसद विघटनको धारा खोइ ?’ भन्दै बुधबार माइतीघर मण्डलामा भेला भएर अनेरास्ववियुले राजधानीमा दिउँसै लालिटिन जुलुस निकालेको हो ।

No description available.

मंगलबारदेखि प्रतिनिधिसभा विघटनको विरुद्ध नौ दिने आन्दोलनका कार्यक्रमहरु सुरु गरेको अनेरास्ववियुले आज दोश्रो दिन राजधानीमा लालटिन बालेर आन्दोलन गरेको हो ।

‘हामी अरु जान्दैनौं संसद विघटन मान्दैनौं, प्रतिगमनकारी मन्त्रीहरु होसियार’ लगायतका नारा लगाउँदै लालटिन जुलुस निकालेका हुन् ।
माइतीघरबाट नाराबाजी गर्दै सुरु भएको उक्त जुलुश बानेश्वरमा पुगेर कोणसभामा परिवर्तन भएको थियो ।

No description available.

सभालाई सम्बोधन गर्दै अनेरास्ववियुका सहसंयोजक रंजित तामाङले  प्रधानमन्त्रीले गल्ति सच्याउने अवसर र समय रहेको भन्दै समय खट्क्यो भने अहिलेका काम चलाउ मन्त्रीहरु देशभरी नै कुनैपनि कार्यक्रममा जान नपाउने तथा अहिले कालो झण्डाले मात्र स्वागत गरिएकोमा कदम नसच्चिए कुनै पनि मन्त्रीहरुको अनुहार देखाउन नमिल्ने गरी कालोमोसो दलिने चेतावनी समेत दिएका थिए ।

उनले पुष २६ गते प्रधानमन्त्री ओलीलाइ बयलगाडामा राखेर अमेरिका पठाउने भन्दै सम्बोधनका क्रममा आक्रोस पोखेका थिए । ‘अग्रगमन र परिवर्तनको विरुद्धमा प्रतिगमनको पक्षपोषण गरेका केपी ओलीलाई आगामी २६ गते बयलगाडामा राखेर हामी अमेरिका धपाउँदै छौ ।’ नेता तामाङले भने ।

No description available.

मंगलबार (पुष २१ गतेदेखि सुरु भएको दोश्रो चरणको आन्दोलन पुस २९ गतेसम्म रहनेछ । भने तेश्रो चरणको आन्दोलन पनि माघ १ गते देखि सुरु हुने बताइएको छ ।
पुष २३ गते देशव्यापीरुपमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने ।
पुष २४ गते सिडियो कार्यालयमा ज्ञापनपत्र बुझाउने र धर्ना दिने
पुष २५ गते असंबैधानिक कदमविरुद्ध सडकमा बहस गर्ने ।
पुष २६ गते बयलगाडा प्रदर्शन गर्ने ।
पुष २७ गते प्रतिगमनकोविरुद्ध सडक कविता\गीत\गजल कार्यक्रम गर्ने ।
पुष २८ गते सडक नाटक\सडक आर्ट (स्ट्रिट वाल पेन्टिङ) गर्ने तथा पुष २९ गते सडकमा प्ले कार्डसहित कार्टुन प्रदर्शन गर्ने बताइएको छ ।

वि.सं.२०७७ पुस २२ बुधवार १४:१३ मा प्रकाशित

१५ औँ महाधिवेशन रोक्न माग गर्दै संस्थापनइतर समूह अदालत जाने तयारी

१५ औँ महाधिवेशन रोक्न माग गर्दै संस्थापनइतर समूह अदालत जाने तयारी

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्किएसँगै...

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौँ । नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको...

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा (मकवानपुर) । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता...

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...