२३ पुष । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउनु पर्ने आवाज उठ्न थालेको छ । बुधबार संसद भवनभित्र भएको हिंसात्मक प्रदर्शन पछि ट्रम्पका समर्थक, रिपब्लिकन सांसदहरु पनि उनी विरुद्धमा खडा भएर महाभियोगको माग गरिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
दुबै प्रजातान्त्रिक र रिपब्लिकन पार्टीका सदस्यहरूले ट्रम्पको हिंसात्मक समर्थकहरूको निन्दा गरेका छन्।
भर्जिनियाका डेमोक्र्याटिक पार्टीका सांसद डोनाल्ड बायरले बुधबार भने, ‘डोनाल्ड ट्रम्प हाम्रो प्रजातन्त्रको लागि खतरा हो। म उनको पद र महाभियोगबाट हटाउने समर्थन गर्दछु।’ न्यूयोर्कका डेमोक्र्याट अलेक्जान्ड्रिया कोर्टेजले पनि आफ्नो ट्वीटमा ट्रम्पको विरुद्ध महाभियोगको खोजी गरेका थिए।
भर्मान्टका रिपब्लिकन गभर्नर स्कट स्कटले ट्वीट गरेका छन्, ‘पर्याप्त छ। राष्ट्रपति ट्रम्पले राजीनामा गर्नुपर्दछ वा मन्त्रिपरिषद् वा कांग्रेसले उनलाई पदबाट हटाउनु पर्छ।’
अमेरिकाको मुख्य संचरमाध्यम “द वाशिंगटन पोस्ट’ को सम्पादकीय टोलीले ट्रम्पलाई हटाउने कुरा गरेको छ र २५ औं संविधान संशोधनको प्रयोगलाई समर्थन गरेको छ। उक्त अखबारले आफ्नो सम्पादकीय टिप्पणीमा लेखेको छ, ‘राष्ट्रपति ट्रम्प आउँदो १४ दिनसम्म पदमा रहन अयोग्य छन्। उनको प्रत्येक कार्यकाल कानून र कानून र राष्ट्रिय सुरक्षाका लागि खतरा हो।’
यद्यपि ट्रम्पको कार्यकाल अब १४ दिन मात्र बाँकी रहेको हुँदा महाभियोगको विकल्पलाई धेरै व्यावहारिक ठानिदैन।
अब उनले अमेरिकी राष्ट्रपति सम्हाल्ने दिन जम्मा १४ दिन बाँकी रहेको छ । ६ जनवरीका दिन अमेरिकी राष्ट्रपतिको नतिजालाई वैधानिककता दिने कार्यक्रम थियो । यो रोकन ट्रम्प समर्थकहरुले भवनमा आक्रमण गरेका हुन् । यस घटना भन्दा ठीक अघि ट्रम्पले धेरै ट्वीटहरू गरेका थिए जसले उनीहरूका समर्थकहरूलाई उक्साएका थिए।
ट्रम्पका थुप्र सहयोगी अफिसरहरुले पनि काम छाड्न थालेका छन् । हालसम्म टिप्टी एनएसए मैट पोटिजर तथा ह्वाइट हाउसकी प्रेस सेक्रेटरी सारा म्याथ्युले राजीनामा गरेकी छन् । त्यस्तै ट्रम्पको एनएसए रोबर्ट आ. ब्रार्यन र डेपुपी चीफ अफ स्टाफ क्रिस लिडेलले पनि क्यापिटल भवन हिंसाको विरोधमा पद छाड्न सक्ने बताइएको छ । यसअघि पहिलो महिला मेलानिया ट्रम्पकी पत्नी चीफ लेडी स्टाफ स्टेफनी ग्रिसमले पनि राजीनामा गरेका छन् ।
अमेरिकामा यस्तो खालको घटनाको कल्पना समेत गर्न नसकिने घटना भन्दै जो बाइडेनले यस हमलालाई देशद्रोह बताएका छन् । यहि संसद भवन भित्र दुवै सदनहरु रहेका छन् । बुधबार ट्रम्प तथा वाइडेनलाई प्राप्त मतको गणना भैरहेको थियो ।
अमेरिकी राष्ट्रपतिको चुनावको परीणामपछि पनि डोनाल्ड ट्रम्प तथा उनका समर्थक हार मान्न तयारनै छैनन् । ट्रम्प चुनावमा धाँधली भएको भन्ने दबाब बढाइरहेका छन् ।
यसै सिलसिलामा ट्रम्प समर्थहरुले बुधबार क्यापिटल भवनमा आक्रमण गरे । अमेरिकी संसदको दुवै सदनमा प्राप्त इलोक्ट्रोरल भोटलाई गन्ने र वैद्यानिकता दिने कार्यक्रम थियो । सदनले वैद्यानिकता दिएसँगै बाइडेनले सपथ लिने बाटोसमेत खुल्थ्यो । तर, ट्रम्पले उक्त बाटो बन्द गर्नको लागि संसदमा हिंसात्मक घटना घटाएका हुन् । ट्रम्प समर्थक प्रदर्शनकारीहरु संसद भवनमा छिरेका थिए । उनीहरुलाई रोक्ने क्रममा संसदमा फायरिङ भएको थियो । घटनास्थलमा एक महिला प्रदर्शनकारीको ज्यान गएको थियो भने अहिलेसम्म थप ३ जनाको पनि मृत्यु भएको जनाइएको छ । उनीहरुको मृत्यु घटनापछि अस्पतालमा उपचारका क्रममा भएको थियो ।
वासिङ्टन डिसीमा मेयर मुरियल बाउजरले जनवरी २१ सम्म आपतकालिन घोषणा गरेका छन् । जनवरी २० मा जो बाइडेनले राष्ट्रपति पदको कार्यभार सम्हाल्दै छन् ।
उपराष्ट्रपति माइक पेन्स ट्रम्पसँग रिसाएका छन् । क्यापिटल भवन हिंसा पछि राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्स बीच झगडा भएको खबर छ । उनले हिंसाले कहिल्यै नजित्ने बताएका छन् । जनताको सदन भएको भन्दै घटनापछि मतगणना कार्य अघि बढाएका थिए । पेन्सले बुधवार चुनावी मतगणनाको क्रममा निर्वाचन परिणामलाई गलत मान्न अस्विकार गर्दै भनेका थिए ‘जनताको जनमतलाई अपमान गर्न सकिदैन।’
अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले इतिहास यस हिंसाको कहिल्यै भूल्न नसक्ने बताएका छन् ।
क्यानडाका प्रधानमन्त्री जस्टिन दुडोले बुधबारको घटनाबाट क्यानेडियनहरु दुःखी छन् । उनले हिंसाले जनताको इच्छालाई कहिले पनि पछाडी पार्न सक्दैन । अमेरिकामा प्रजातन्त्रले जित्ने अपेक्षा व्यक्त गरेका छन् ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ट्वीट गरेका छन्, ‘अमेरिकी संसद परिसरमा अभद्र दृश्यहरू थिए। अमेरिका विश्वभरमा प्रजातन्त्रको लागी खडा छ। सत्ता हस्तान्तरण शान्तिपूर्ण तथा प्रक्रियासम्मतबाट गरिनु पर्दछ । ‘
काँग्रेस नेतृ प्रियंका गान्धिले पनि घटनाको निन्दा गरेकी छन् । उनले टिव्ट गर्दै ‘अमेरिकाका तस्विरहरु विचलित बनाउने खालका छन । प्रजातन्त्र र स्वतन्त्रता अमेरिकाको महान पर्यायबाजी हुन् तर आज संसार हेरिरहेका छन् । जनताले आफ्नो देशको सम्मान बचाउन तथा लोकतान्त्रिक प्रक्रियाको शान्तिपूर्ण तरिकाबाट चल्न दिनु पदर्छ ।’ भनेकि छन् ।
घटनापछि टिव्टरले डोनाल्ड ट्रम्पको एकाउन्ट ब्लक गरिदिएको छ । आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै लेखेको टिव्टर १२ घण्टाका लागि ब्लक गरिदिएको जनाइएको छ ।
(अन्तर्राष्ट्रिय संचारमाध्यमको सहयोगमा)
वि.सं.२०७७ पुस २३ बिहीवार १५:५८ मा प्रकाशित






























