back
CTIZAN AD

हिमपातसँगै परेको असिनाले तरकारी खेतीमा क्षति

वि.सं.२०७७ पुस २३ बिहीवार

681 

shares

२३ पौष, डोटी । जिल्लाका विभिन्न भागमा परेको असिनाले तरकारी खेतीमा क्षति पु¥याएको छ ।

असिनाले यहाँका किसानले लगाएको तोरी तथा तरकारीखेतीमा क्षति पु¥याएको छ । जिल्लाको आदर्श, सायल, पूर्वीचौकी, जोरायल गाउँपालिका, शिखर नगरपालिका तथा दिपायल सिलगढी नगरपालिकाका विभिन्न वडामा मङ्गलबार, बुधबार परेको असिनाका कारण फुलेर कोशा लाग्ने अवस्थामा रहेको तोरी तथा साग–तरकारीमा निकै क्षति पु¥याएको किसानको भनाइ छ ।

असिनाले गरेको क्षतिका बारेमा विवरण सङ्कलन गरिदिन सम्बन्धित निकायलाई किसानले आग्रह गरेको केआइसिंह गाउँपालिकाका किसान शेरबहादुर ऐरले बताए । उनले भने, “वर्षातले बाली त सप्रिने आशा थियो, असिनाले तरकारी र तोरी खेतीमा क्षति पु¥याएको छ, क्षतिको विवरण सङ्कलन गर्न माग गरेका छौँ ।”

मङ्गलबारबाट मौसममा एकाएक आएको परिवर्तनका कारण डोटीलगायत यहाँका अन्य पहाडी तथा हिमाली जिल्लामा बुधबारसम्म हल्का हिमपातसँगै असिना परेको थियो । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा मात्रै कम्तीमा पनि एक फिट जति हिउँ परेको त्यहाँ तैनाथ रहेको नेपाली सेनाको गुरुगोरख गुल्मले जनाएको छ ।

असिनाले यहाँका गाउँघरमा लगाइएका गोलभेडाखेतीमा समस्या गरेको भन्ने जानकारी आएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए । उनले भने, “उच्च लेकाली भेग र खप्तडमा हल्का हिमपात भयो, अन्य क्षेत्रमा असिनाले क्षति गरेको भन्ने खबर आएको छ, कति क्षति भयो भन्ने एकीन भएको छैन् ।”

बुधबारसम्म असिना र उच्च लेकाली क्षेत्रमा हल्का हिउँ परे पनि आजबाट डोटीसहित यहाँका पहाडी जिल्लामा घाम लाग्नुका साथै मौसममा सुधार भएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलको सञ्चार शाखाले जनाएको छ । वर्षातले डोटीमा चिसो बढेको छ । खप्तडस्थित झिग्राना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथानलगायतका उच्च पहाडी क्षेत्रमा असिना परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

वर्षात कारण चिसो बढेकाले वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएको शिखर नगरपालिका–१ का रमेश महराले जानकारी दिए । चिसोका कारण विभिन्न रोग तथा समस्याले सताउने भएकाले चिसोबाट बच्न सर्तकता अपनाउनुपर्ने स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । रासस

वि.सं.२०७७ पुस २३ बिहीवार १६:०९ मा प्रकाशित

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ । कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका...