२४ पुस, काठमाडौं । कोभिड-१९ पोजेटिभ व्यक्तिसँग सम्पर्कमा रहेको पुष्टि भएपछि रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदान आइसोलेसनमा बसेका छन् ।
जिदानको बिहीबार आएको एन्टिजन र पिसिआर परीक्षणको दुवै रिपोर्ट नेगेटिभ आएको इएसपिएनले जनाएको छ । रिपोर्टको पार्खाइमा रहेका कारणले गर्दानै उनले बिहीबारको प्रशिक्षण समेत गुमाएका थिए ।
अब उनको दोस्रो पिसिआर टेष्ट नेगेटिभ आएमा मात्र शनिबार भाल्डेबेबासमा ओसासुना विरुद्ध हुने खेलमा उपस्थीत हुन सक्नेछन् ।
ला लिगाको नियमअनुसार जिदानलको अब दोस्रो टेष्ट नेगेटिभ आएमा क्लब जोइन हुन सक्नेछन् ।
वि.सं.२०७७ पुस २४ शुक्रवार ११:३५ मा प्रकाशित

























