back

सुजतालाई झापा–हङकङ मञ्चको सहयोग

वि.सं.२०७३ माघ ६ बिहीवार

570 

shares
GLOBAL IME AD
NTC AD

६ माघ,दमक । एप्लास्टिक एनेमिया रोगका कारण पीडित झापा पृथ्वीनगर गाविस–७ कि सुजता सुवेदीलाई करिब रु दुई लाख सहयोग प्राप्त भएको छ ।

काठमाडौँस्थित अल्का अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचाररत सुवेदीलाई झापा–हङकङ सम्पर्क मञ्चले नगद रु एक लाख ९२ हजार ३५ सहयोग गरेको हो ।

हङकङमा रहेका मञ्चका अध्यक्ष छत्र सुब्बाको पहलमा सङ्कलन भएको सो सहयोग रकम पीडितकै घरमा पुगेर हस्तान्तरण गरिएको हो । मञ्चले पठाइदिएको सहयोग रकम नारी एकता न्यायिक मञ्च दमककी सहसचिव लक्ष्मी सुब्बा, नेपाली काँग्रेस झापाका जिल्ला सदस्य विक्रम अधिकारी र नेपाल महिला सङ्घ झापा–७ नम्बर क्षेत्रीय सभापति रेगिना भट्टराईले संयुक्तरुपमा पीडित सुवेदीकी हजुरआमा कृष्णमाया सुवेदी र सुजता बचाउ अभियानका संयोजक तारावीर लिम्बूलाई हस्तान्तरण गर्नुभएको थियो ।

सुजता बचाउ अभियानका संयोजक तारावीर लिम्बूले स्वदेश तथा विदेशबाट सुजताको उपचारका लागि रु २५ लाख बढी सहयोग जुटेको बताउनुभयो । पारिवारिक आर्थिक अवस्था कमजोर रहेका २२ वर्षीया सुवेदी स्वास्थ सहायक अध्ययनरत हुनुहुन्थ्यो । उहाँलाई बचाउन स्थानीयवासीले अभियान सञ्चालन गरेर सहयोग सङ्कलनमा जुटेको छ । रासस

वि.सं.२०७३ माघ ६ बिहीवार ०७:३४ मा प्रकाशित

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक...

सरकारको वार्षिक प्रतिवेदन पेस

सरकारको वार्षिक प्रतिवेदन पेस

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक...

भारत रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह

भारत रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

पोखरामा कृषकलाई फलफूलका बिरुवा वितरण

पोखरामा कृषकलाई फलफूलका बिरुवा वितरण

गण्डकी । पोखरा महानगरपालिकाले कृषकहरूलाई विभिन्न जातका फलफूलका बिरुवा ५०...

मन्त्री पौडेलद्वारा एचपिभी खोप लगाउन किशोरीलाई अनुरोध

मन्त्री पौडेलद्वारा एचपिभी खोप लगाउन किशोरीलाई अनुरोध

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले किशोरीलाई पाठेघरको मुखको...