back
CTIZAN AD

तपाईको आज (आइतबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त फाइदा ?

वि.सं.२०७७ माघ ११ आइतवार

768 

shares

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।

बृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिवारका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
फजुल खर्च बढ्नेछ भने बेलैमा होस नपुग्नाले अर्थ अभाव देखापर्न सक्छ । समय दिन नसक्दा काम रोकिनेछ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । अरूको करकापमा परी आफ्नो मान्यता विपरीतको काम गर्नुपर्ने अवस्था आउन सक्छ । आफन्तबाट पनि टाढिनुपर्ला ।

कर्कट-हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मिहिनेतले राम्रो परिणाम दिलाउनेछ । तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । कृषि, पशुपालनमा आदिमा फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । तर पहिलेका कमजोरी बाहिर आउनाले काममा केही समस्या पर्न सक्छ । तापनि विभिन्न अवसरले पछ्याउनेछन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला । मिहिनेत गर्दा भविष्यका लागि जग बसाउने मौका छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । नोकरी तथा पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अवसर र चुनौती एकसाथ देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला । छिद्र खोतल्नेहरूले दुःख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । सामाजिक जिम्मेवारी बढ्नेछ । तर अरूका लागि बुद्धि खर्चनुपर्नेछ । पहिलेका सहयोगीहरू पछि हट्न सक्छन् । शुभचिन्तकहरूको साथ–सहयोगले मात्र अप्ठ्यारा चुनौती पार लगाउन सफल भइनेछ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला । परिबन्धले चुनौती निम्त्याउन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ । तर, मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न बाधा पर्नेछ । आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ । वचन पूरा गर्न नसक्दा घर–व्यवहारमा पनि समस्या आउन सक्छ । परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला । काम सम्पादन भए पनि तत्काल आम्दानी हातलागी नहुन सक्छ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
कम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । नयाँ योजना शुभारम्भ गर्ने समय छ । फजुल खर्च भने बढ्न सक्छ ।

मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ । तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला । चिताएको काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्य(समस्याले अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । नयाँ काम थाल्न शुभचिन्तकहरूले मात्र साथ दिनेछन् ।

कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द
हतारमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ । अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला । आफ्नो कमजोरी बाहिरिनाले आलोचकहरू बढ्न सक्छन् । परिस्थितिवश काम अधुरो रहला । नतिजा कमजोर देखिनाले विशेष काम दोहोर्याउनुपर्ने हुन सक्छ । बेसुरको निर्णयले काममा समस्या पर्ला । तत्कालको फाइदाले नाम बिग्रन सक्छ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ ।

२०७७ माघ ११ गते, आइतवार, २४ जनवरी २०२१
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

आज शनिबार, राशिफल हेरेर सुरु गर्नुहोस् तपाईको आजको दिनको सुरुवात

वि.सं.२०७७ माघ ११ आइतवार ०८:०९ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...