back
CTIZAN AD

नेपालमा आजदेखि कोरोना भाईरसविरुद्धको खोप अभियान सुरु

वि.सं.२०७७ माघ १४ बुधवार

867 

shares

१४ माघ, काठमाडौं । नेपालमा आजदेखि कोरोना भाइरस (कोभिड-१९) विरुद्धको पहिलो चरणको खोप अभियान सुरु हुँदैछ ।

आजदेखि सुरु हुने पहिलो खोप अभियानमा पहिलो चरणमा कोरोना भाइरसको उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयमसेविका, सरससफाई कर्मचारी, एम्बुलेन्ससचालक लगायतलाई खोप उपलब्ध गराइनेछ ।

उक्त खोप अभियानको बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट काठमाडौंका ११ वटा अस्पतालबाट एकैपटक शुभारम्भ गर्नेछन् ।

मन्त्रालयका अनुसार उक्त खोप अभियानमा शहीद गंगालाल अस्पताल बाँसबारी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल कीर्तिपुर, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, भक्तपुर अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुर, काठमाडौं मेडिकल कलेज जोरपाटी र सशस्त्र प्रहरी अस्पताल बलम्बुका स्वास्थ्यकर्मी सहसभागी भएर खोप लगाउनेछन् ।

त्यस्तै यसअघि तोकिएका जिल्लास्थित अस्पतालका खोप केन्द्रहरुबाट उक्त खोप वितरण गरिने बताइएको छ ।

भारतले अनुदानमा उपलब्ध गराएको १० लाख कोभिसिल्ड खोप पहिलो चरणमा कोरोना भाइरसको उपचारका लागि फ्रन्टलाइनमा खटिनेहरुका लागि लगाइने मन्त्रालयले यसअघि नै घोषणा गरिसकेको थियो ।

वि.सं.२०७७ माघ १४ बुधवार ०८:४२ मा प्रकाशित

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

काठमाडौँ । हाडजोर्नी विशेषज्ञ डा प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी...

अमेरिका र क्रोएशिया पठाउने भन्दै ४० लाख बढी ठगी गर्ने दुई जना पक्राउ

अमेरिका र क्रोएशिया पठाउने भन्दै ४० लाख बढी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया...