back
CTIZAN AD

कांग्रेसद्वारा सिंहका हत्यारालाई कारवाहीको माग

वि.सं.२०७७ माघ १४ बुधवार

717 

shares

१४ माघ, काठमाडौं । नेपाली कांग्रेसले बझाङको छविसपाथिभेरा गाउँपालिका–३ का नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनाप्रति गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ ।

छविसपाथिभेरा—३ स्थित वान्नीचौर माध्यमिक विद्यालय व्यवस्थापन समितिको निर्वाचन सकेर घर फर्कने क्रममा मङगलबार साँझ उनलाई नेकपाबाट निर्वाचित वडा अध्यक्ष विकासकुमार ऐडी, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम छविसपाथिभेराका संयोजक प्रकाश ऐडी, ज्ञानबहादुर कडायत, केदार ऐडीको समूहले कुटपिट गरेर धारिलो हतियार प्रहार गरी हत्या गरेको कांग्रेसले जनाएको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज पार्टीका तर्फबाट विज्ञप्ति जारी गरी उक्त घटनाको निन्दा र भत्र्सना गर्दै घटनामा संलग्न आक्रमणकारीको तत्काल खोजी गरी कडा भन्दा कडा कानूनी कारवाही गर्न माग गरेका छन् । सामान्य विषयलाई लिएर कुनै पनि नागरिकको हत्या हुनु अत्यन्त दुःखद विषय भएको उल्लेख गर्दै कांग्रेसले पछिल्लो समय नेकपाका कार्यकर्ताहरुबाट पार्टीका नेता÷कार्यकर्ताहरुमाथि गम्भीर रुपले प्रहार हुन थालेका जनाएको छ ।

नागरिकको बाँच्न पाउने संविधानप्रदत्त अधिकार माथि नेकपाका कार्यकर्ताहरुले खुलेआम चुनौती दिन थालेका भन्दै कांग्रेसले भविष्यमा यस्ता घटनाहरु पुनः नदोहो¥याउन र जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन समेत नेकपालाई आग्रह गरेको छ ।

वि.सं.२०७७ माघ १४ बुधवार १६:५५ मा प्रकाशित

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

काठमाडौँ । हाडजोर्नी विशेषज्ञ डा प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी...

अमेरिका र क्रोएशिया पठाउने भन्दै ४० लाख बढी ठगी गर्ने दुई जना पक्राउ

अमेरिका र क्रोएशिया पठाउने भन्दै ४० लाख बढी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया...