back
CTIZAN AD

यस्तो छ नेपालमा १४ माघसम्मको कोरोना भाइरस अपडेटको पूर्ण अपडेट

वि.सं.२०७७ माघ १४ बुधवार

696 

shares

१४ माघ, काठमाडौं । नेपालमा बुधबार (१४ माघ) सम्म पिसीआर प्रविधिबाट २० लाख ५७ हजार ६९ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ४ हजार ३८२ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित ३,२८६ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ८६५ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या २,४२१ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा १३९ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा २४ बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा ६३, लुम्बिनी प्रदेशमा ३० र कर्णाली प्रदेशमा १ जना गरी जम्मा १३९ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी बागमती प्रदेशमा १४ जना, गण्डकी प्रदेशमा ६ जना र लुम्बिनी प्रदेशमा ३ जना गरी जम्मा २३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा १२२ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्ला कालिकोट, रुकुमपश्चिम र मुगु रहेको छ ।

आज थपिएका २८३ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ७० हजार ३७५ पुगेको छ । साथै आज २४६ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ६५ हजार ६९ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज ३ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या २०२० पुगेको छ ।

आज २८३ जनामा कोरोना संक्रमण, २४६ निको, ३ को मृत्यु
१४ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ४ हजार ३८२ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १४५ जनासहित देशैभरी २८३ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला ११४ र पुरुष १६९ रहेका छन् ।

आज थपिएका २८३ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७० हजार ४९४ पुगेको छ ।

त्यसैगरी आज देशैभरी २४६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २४६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ६५ हजार ६९ पुगेको छ । निको हुनेको यो दर ९८. प्रतिशत हो ।

त्यसैगरी आज देशैभरी ३ जनाको कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लाका ३ जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज थपिएका ३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०२० पुगेको छ ।

कति छन् त सस्थागत आइसोलेशनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ८६५ जना कोरोना संक्रमित होम संसथागत रहेका छन् ।

जसमा प्रदेश १ मा ११, प्रदेश २ मा १, बागमती प्रदेशमा ५३९, गण्डकी प्रदेशमा ३६ लुम्बिनी प्रदेशमा १७९, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ९२ जना गरी ८६५ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन उपचारत छन् । साथै होम आइसोलेशनमा २,४२१ जना रहेको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।

नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियानः आज कुन प्रदेशमा कतिले लगाए त ?

कोरोनाविरुद्धको पहिलो खोप लगाएपछि के भन्छन् त शुक्रराज अस्पतालका निर्देशक राजभण्डारी ?

तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाइनेछ-प्रधानमन्त्री

लगाइयो कोरोना भाइरस विरुद्धको पहिलो चरणको खोप (हेर्नुहोस् तस्बिरमा)

नेपालमा आजदेखि कोरोना भाईरसविरुद्धको खोप अभियान सुरु

वि.सं.२०७७ माघ १४ बुधवार १६:५४ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...