back
CTIZAN AD

नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियानः आज कुन प्रदेशमा कतिले लगाए त ?

वि.सं.२०७७ माघ १४ बुधवार

690 

shares

१४ माघ, काठमाडौं । नेपालमा आजबाट सुरु भएको कोरोना भाइरसविरुद्धको खोप अभियान अन्तर्गत आज पहिलो चरणमा देशैभरी २९०१ जनाले खोप लगाएका छन् ।

आज दिउँसो १ बजेसम्मको तथ्यांक अनुसार प्रदेश १ मा १२७, प्रदेश २ मा ५४०, बागमतीमा १००२, गण्डकीमा २०६, लुम्बिनीमा २२३, कर्णालीमा ३९८ र सुदूरपश्चिम प्रदेशमा ३०५ जना गरी २९०१ जनाले खोप लगाइसकेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भारतबाट ल्याइएको १० लाख कोभिसिल्ड खोप आज देशैभरी रहेका ३ सय खोप केन्द्रमार्फत् स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक लगायत अग्रपक्तिमा खटिने सेवा प्रदायक हरुलाई लगाइएको हो ।

मन्त्रालयले आगामी १० दिनभित्रमा ४ लाख ३० हजार नेपालीमा लगाइसक्ने पनि जनाएको छ ।
खोप लगाएका कारण हालसम्म कुनैपनि अवान्छित घटना नभएको पनि मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् ।

 

वि.सं.२०७७ माघ १४ बुधवार १६:१६ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...