back
CTIZAN AD

यस्तो छ वामदेव गौतमले पार्टी एकताका लागि अगाडि सारेको अवधारणापत्र (पत्रसहित)

वि.सं.२०७७ माघ १४ बुधवार

924 

shares

माघ १४, काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई एक बनाउने उद्घोषसहित उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियानको सुरु गरेका छन् । बुधबार धोबिघाटस्थित सिद्धार्थ एक पार्टी प्यालेसमा विशेष कार्यक्रम गरि उनले अभियानको सुरु गरेका हुन् ।

अभियानको घोषणा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आफुँले मात्रै मिलाउन सक्ने दाबी गरे । उनले विभाजनबाट कसैको भलो नहुने भन्दै एकताको अभियानमा लाग्न सबैलाई आग्रह गरेका छन् ।

यो पनि…

वामदेवले सुरु गरेको एकता अभियान, को–को भए सहभागी ?

गौतमले पार्टी एकताको लागि ७ पृष्ठ लामो अवधारणापत्र पनि अगाडि सारेका छन् । उनले अवधारणा पत्रमा प्रतिनिधि सभा पुनर्स्थापना भएमा वा निर्वाचन भएमा दुवै अवस्थामा भिन्न–भिन्न केन्द्रअन्तर्गत पार्टी सञ्चालन र कार्यगत एकताको आधारमा निर्वाचनमा सामेल हुने, सरकार संचालन गर्ने अवसर प्राप्त भएमा संयुक्त सरकार संचालन गर्ने प्रक्रिया अवलम्बन गरिने उल्लेख छ।

अवधारणा पत्रमा दुवै पक्षसँग मित्रतापूर्णं सम्बन्ध राख्ने अगाडि बढ्ने उल्लेख छ । अवधारणापत्रमा भनिएको छ, ‘फरक–फरक नाममा विधिवत् आ–आफ्ना पार्टी सञ्चालन गरिएको अवस्थामा पनि मित्रतापूर्ण सम्बन्ध कायम राख्दै पार्टी एकीकरणका निम्ति अथक प्रयत्न गरिनेछ। तब पनि पार्टी एकीकरण हुन सकेन भने एकता राष्ट्रिय अभियान केन्द्रीय समितिको बैठकबाट कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा आवश्यक निर्णय गरिनेछ ।’

यस्तो छ वामदेवले अगाडि सारेको अवधारणा पत्र

वि.सं.२०७७ माघ १४ बुधवार १६:५० मा प्रकाशित

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

काठमाडौँ । हाडजोर्नी विशेषज्ञ डा प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी...

अमेरिका र क्रोएशिया पठाउने भन्दै ४० लाख बढी ठगी गर्ने दुई जना पक्राउ

अमेरिका र क्रोएशिया पठाउने भन्दै ४० लाख बढी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया...