back
CTIZAN AD

वामदेवले सुरु गरेको एकता अभियान, को–को भए सहभागी ?

वि.सं.२०७७ माघ १४ बुधवार

834 

shares

माघ १४, काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले बुधबारदेखि औपचारिक रुपमा एकता अभियान सुरु गरेका छन् । उनले ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी एकता राष्ट्रिय अभियान’ नाम दिएर अभियानको सुरु गरेका छन् । जुन अभियानको घोषणा धोबिघास्थित सिद्धार्थ पार्टी प्यालेसमा विशेष कार्यक्रम आयोजना गरि गरिएको छ ।

अभियानको घोषणा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आफुँले मात्रै मिलाउन सक्ने दाबी गरे । उनले विभाजनबाट कसैको भलो नहुने भन्दै एकताको अभियानमा लाग्न सबैलाई आग्रह गरेका छन् ।

को–को सहभागी छन् एकता अभियानमा ?

पार्टी विभाजनसँगै बामदेव नजिक देखिएका अधिकांश केन्द्रीय सदस्य प्रचण्ड–नेपाल पक्षमा लागेका छन् । केहि सदस्य ओली पक्षमा पनि लागेका छन् । एकता अभियान चलाउँदै गर्दा भने उनीसँग सीमित नेताहरु देखिएका छन् ।

बुधबारको घोषणा सभामा गौतमसँगै पूर्वमन्त्री हरि पराजुली, निर्वतमान सांसद माया ज्ञवाली र तुलसा थापा, पूर्व सांसद डीबी कार्कीलगायतका उपस्थित थिए । उनीसँगै बागमती प्रदेशका सांसद विनोद खड्का, किर्तीपुर नगरपालिकाका मेयर रमेश महर्जन, त्रिवीका पूर्वउपकुलपति हिराबहादुर महर्जनलगायत सहभागी भएका थिए ।

गौतमको एकता अभियानमा सुरुदेखि नै देखिएका अर्का प्रदेश सांसद दिपक मनाङ्गे भने सहभागी भएका थिएनन् ।

सम्बन्धित समाचार

प्रचण्ड र ओली दुवैजना पार्टी चिरा-चिरा पार्न लाग्नु भएको छ-उपाध्यक्ष वामदेव गौतम

वामदेवको पार्टी एकता राष्ट्रिय अभियान घोषणा सभा अभियान सुरु

वि.सं.२०७७ माघ १४ बुधवार १५:४६ मा प्रकाशित

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...