back
CTIZAN AD

अमेरिकाबाट पशुपतिले पठाए सुरेशलाई १ लाख बढी आर्थिक सहयोग

वि.सं.२०७७ माघ १४ बुधवार

648 

shares

अमेरिकाको न्युर्योकस्थित ज्याक्सन हाइटमा रहेका पशुपति श्रेष्ठले नेपालका सुरेश लामालाई १ लाख बढी आर्थिक सहयोग पठाएका छन् ।

ज्याक्सन हाईट ४०-०८-७६ स्ट्रीट रोसभेल्ट एभिन्यु नजिक बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्ग संचालन गर्दै आएका समाजसेवी श्रेष्ठले हालै नेपालमा संचालन भइरहेको वाई-वाई नेपाल स्टारमा टप ५ हुन सफल भएका काठमाडौंका लामालाई १ लाख १ हजार १११ रुपैयाँ आर्थिक सहयोग पठाएका हुन् ।
उक्त रकम लामालाई वरिष्ठ गायक रामकृष्ण ढकालमार्फत हस्तान्तरण गरिएको थियो ।

सुरेश लामाको गायकी कलाबाट प्रभावित भएका श्रेष्ठले लामाले भोली देशकै इज्जत राख्न सफल हुने विश्वास आफूले लिएको बताए । उनले लामालाई सहयोग गर्न पाउँदा आफूलाई निकै खुसी लागेको समेत बताएका छन् ।

उक्त सहयोगका लागि समन्वय गरेका न्युयोर्कका समाजसेवी केशवराम राईलाई पनि श्रेष्ठले धन्यवाद दिएका छन् ।

श्रेष्ठले सुरेश लामालाई मात्र नभएर न्यूयोर्कमा भएका विभिन्न नेपाली संघसंस्था लगायत बिभिन्न देश र ठाउँहरुमा समस्या परेका नेपालीहरुलाई सहयोग गर्दै आएका छन् ।

वि.सं.२०७७ माघ १४ बुधवार १५:३६ मा प्रकाशित

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...