back
CTIZAN AD

अमेरीकामा नेपाली भाषाको बाल शिक्षा अनलाइन क्लास संचालन

वि.सं.२०७७ माघ १४ बुधवार

627 

shares

अमेरिकामा नेपाली भाषाको बाल शिक्षा अनलाइन क्लास संचालन भएको छ । जनवरी २४ का दिन एक भर्चुअल कार्यक्रममार्फत बाल शिक्षा अनलाइन क्लास उद्घाटन गरिएको हो ।

जि .बि .एल .ओ अध्यक्ष कर्ण गुरुङको सभापतित्व तथा सुरेन्द्र परदेशीको प्रमुख आतिथ्यमा रहेको उक्त कार्यक्रमको संचालन देवी राईले गरेकी थिइन् ।

कार्यक्रममा वरिष्ठ साहित्यकार गोबिन्द गिरि प्रेरणा, डा. भिम खतिवडा , शिक्षाविद् हेमन्त लामा, वरिष्ठ साहित्यकार डा. मधु माधुर्य श्रेष्ठ लगायत अन्य अतिथिले नेपाली भाषाप्रतिको मोह र आवस्यकता बारेमा बताउँदै नयाँ पुस्तालाई वैज्ञानिक तरिकाले शिक्षा दिन सकेमात्र फलदायी हुन सक्ने बताएका थिए ।

कार्यक्रममा यदु अधिकारी र लक्की राशिले सृजना वाचन गरेका थिए भने कार्यक्रमको अन्तिम प्रहरमा बालबालिकाहरुले केहि मौलिक गीत तथा भजन गाएका थियो ।

कक्षाका लागि आवस्यक सामग्रीको जोहो समेत भइसकेको जनकारी दिँदै आइतबारदेखि सञ्चालन हुने कक्षाका लागि आफ्ना नानीहरूको फारम भरिदिन हुन् संस्थाका अध्यक्ष कर्ण गुरुङले अभिभावकहरुलाइ अनुरोध गरेका थिए ।

वि.सं.२०७७ माघ १४ बुधवार १५:५७ मा प्रकाशित

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...