back
CTIZAN AD

महासंघको स्वास्थ्य तथा शीप विकास समिति विस्तार

वि.सं.२०७७ माघ १४ बुधवार

624 

shares

१४ माघ, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य हेमराज ढकालको सभापतित्वमा गठित स्वास्थ्य तथा सीप विकास समिति विस्तार भएको छ । समितिको सह–सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य भक्तबहादुर हमाल र महासंघको वस्तुगत परिषदका पूर्व सहसभापतिमा लोकनाथ गैरे चुनिएका छन् । समितिका सदस्यहरूमा हेमराज बडाल, मृगेन्द्र मेहर श्रेष्ठ, सिताराम रेग्मी, रामेश्वर पराजुली, शंकर खड्का र राजेन्द्र बराल रहेका छन् ।

समितिमा आमन्त्रित सदस्यहरूमा नेपाल हस्तकला महासंघका उपाध्यक्ष सुनिल चित्रकार, ललितपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उसन बज्राचार्य, नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंका कार्यकारिणी समिति सदस्य सदिस श्रेष्ठ, उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष विरेन्द्र साह, कुवेर निरौला, केमिकल एण्ड मेडिकल सप्लायर्स एशोसिएशन अफ नेपाल अध्यक्ष सुरेश घिमिरे, नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश कुमार अग्रवाल र सम्यक डाइगोन्स्टिक प्रा.लि.का अध्यक्ष डा. केयूर गौतम छन् ।

त्यसैगरी महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डी।बी। बस्नेत, स्थानीय आर्थिक विकास समितिका सभापति सुरकृष्ण वैद्य, उद्योग समितिका सभापति भरतराज आचार्य, महासंघको कार्यकारिणी समितिका सदस्य एवं कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी, कार्यकारिणी समिति सदस्य सुमित केडिया र महासंघकै पूर्व कार्यसमिति सदस्यहरू कमला श्रेष्ठ, ई।विनोद ढकाल र रविन श्रेष्ठ समितिको सल्लाहकारमा चयन भएका छन् ।

ऊक्त समिति विस्तार कार्यत्रमलाई संवोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले अहिले वैदेशिक रोजगारीमा लाखौ युवाहरू सिप विनानै गएका कारण न्यूनतम पारिश्रमिकमा कठिन खालका काम गर्न बाध्य भएकाले महासंघको नेतृत्वमा दक्ष जनशक्ति विकासमा समितिले आफूलाई केन्द्रीत गर्न सुझाव दिए । अहिले पनि नेपालमा कपाल काट्ने व्यवसायदेखि, ज्वेलरी तथा निर्माण क्षेत्रमा लाखौ विदेशी कामदारहरूले काम गरिरहेकाले स्वदेशमै आवश्यक शीप सहित दक्षजनशक्ति उत्पादन गर्न सके हाल कार्यरत विदेशी कामदारहरूलाई प्रतिस्थापन गर्न सकिने बताए ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले उक्त समितिको भुमिका ठूलो रहेको भन्दै समय समयमा बैंठक राखेर विभिन्न कार्यक्रमको तर्जुमा गर्नुपर्ने सुझाव दिए । महासंघको रोजगारदाता परिषदका सभापति एवं पदेन उपाध्यक्ष रामचन्द्र संघईले अहिले पनि विदेशी दातृ निकायहरूले नेपाली कम्पनीहरूको सहकार्यमा नेपाली कामदारलाई तालिम दिदै आएको जानकारी दिदै अबका दिनमा यस्ता विषयमा समितिले अग्रता लिनुपर्ने धारणा राखेका थिए।

समितिका सभापति ढकालको अध्यक्षतामा वसेको पहिलो बैठकले नेपाली युवालाई क्षेत्रगत रुपमा तालिम दिएर स्वदेशमै रोजगारी सिर्जना गर्ने काम गर्ने, नेपाल सरकार शिक्षा मन्त्रालय र विभिन्न संघसंस्थाहरूसंग समेत सहकार्यगरी नेपाली ऊद्योग व्यवसायका लागि आवश्यक जनशक्ति विकासका लागि आवश्यक जनशत्ति उत्पादनमा काम गर्ने, कार्यस्थलमा स्वास्थ्य तथा सुरक्षाका विषयमा आइएलओ लगायतका अन्तराष्ट्रिय संघ संस्थाहरूसंग समेत समन्वय गरी काम गर्ने लगायतका निर्णयहरू गरेको छ ।

वि.सं.२०७७ माघ १४ बुधवार १६:०३ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...