back
CTIZAN AD

प्रधानमन्त्री ओली र चार पूर्वप्रधानन्यायाधीशविरुद्व परेका अवहेलनासम्बन्धी मुद्दामाथि सुनुवाई हुँदै

वि.सं.२०७७ माघ १५ बिहीवार

849 

shares

माघ १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चार पूर्वप्रधानन्यायाधीशविरुद्व परेका अदालतको अवहेलनासम्बन्धी मुद्दामा आज सुनुवाई हुने भएको छ । अवहेनासम्बन्धी सबै मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा तोकिएको छ ।

प्रधानमन्त्री ओलीविरुद्व वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट निवेदन दर्ता गराएका थिए भने चार पूर्वप्रधानन्यायाधीशविरुद्व अधिवक्ताद्वय लोचन भट्टराई र धनजित बस्नेतले छुट्टाछुट्टै निवेदन दर्ता गराएका थिए ।

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन मुद्दामाथि पटक–पटक सार्वजनिक रुपमा टिप्पणी गर्दै आएका छन् । उनले इजलासमा भईरहेको बहसलाई ‘तमासा’ भन्ने गरेका छन् । ओलीले बयोबद्ध वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई पनि सार्वजनिक कार्यक्रमकै बीचमा ‘बाजे वकिललाई सर्वोच्च लगेर तमासा देखाए’ भन्ने टिप्पणी गरेका थिए ।

यता, चार पूर्वन्यायाधीशहरु अनुपराज शर्मा, मिनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीले प्रतिनिधि सभा विघटनविरुद्व दर्ता रिटमाथि संवैधानिक इजलासमा बहस चलिरहेको बेला संयुक्त विज्ञप्ती नै निकालेको प्रधानमन्त्री ओलीको कदमप्रति आलोचना गरेका थिए । उनीहरुले ओलीले संविधानले नै नदिएको अधिकार प्रयोग गरेको टिप्पणी गरेका थिए ।

वि.सं.२०७७ माघ १५ बिहीवार १३:२५ मा प्रकाशित

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

काठमाडौँ । हाडजोर्नी विशेषज्ञ डा प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी...

अमेरिका र क्रोएशिया पठाउने भन्दै ४० लाख बढी ठगी गर्ने दुई जना पक्राउ

अमेरिका र क्रोएशिया पठाउने भन्दै ४० लाख बढी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया...