१५ माघ, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवतरण अनुसार गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफामा ४०.६९ प्रतिशतले गिरावट आएको छ ।
बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७२ करोड ७६ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको यो नाफा १ अर्ब २२ करोड ६९ लाख १३ हजार रुपैयाँ थियो ।
त्यस्तै, बैंकको सञ्चालन नाफा पनि ४०.६९ प्रतिशतले घटेर १ अर्ब ४ करोड ४० लाख ६५ हजार रुपैयाँ सिमित भएको छ । बैंकले गत वर्षको सोहि अवधिमा १ अर्ब ७६ करोड ३ लाख ५३ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको गरेको थियो ।
त्यसैगरी, बैंकको चुक्तापूँजी ८ अर्ब ५७ करोड २२ लाख ३१ हजार रुपैयाँ रहेको छ भने ५ अर्ब ७७ करोड ६७ लाख ७५ हजार रुपैयाँ कायम भएको छ । बैंकको प्रतिशेयर आम्दानी रू। १६.९८ र प्रतिशेयर नेटवर्थ रू. १८२.४७ रहेको छ ।
बैंकले सार्वजनिक गरेको विवरण हेर्नुहोस :
वि.सं.२०७७ माघ १५ बिहीवार १३:२७ मा प्रकाशित





























