back
CTIZAN AD

ट्रकले ठक्कर दिँदा एकको मृत्यु, एक घाईते

वि.सं.२०७७ माघ १६ शुक्रवार

633 

shares

१६ माघ, काठमाडौं । चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

मृत्यु हुनेमा महोत्तरी मनरा सिसुवा नगरपालिका–९ का ३२ वर्षीय आनन्द झा रहेको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ चितवनको राप्ती नगरपालिका-१ पिप्लेस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आइरहेको ना६ख ६२८६ नंको ट्रकले सोही दिशाबाट आइरहेको प्रदेश नं २-०२-००१प ५१०४ नंको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक झाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते मोटरसाइकल पछाडि सवार धनुषा जनकनन्दनी गाँउपालिका–५ का २२ वर्षीय श्वेता झाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम छ । ठक्कर दिने ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

वि.सं.२०७७ माघ १६ शुक्रवार ०८:५२ मा प्रकाशित

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...