back
CTIZAN AD

वार्ताका लागि गएका ओलीका आँखा भित्तामा सजाईएका शोकेसको वस्तुमा पुगेपछि..

वि.सं.२०७७ माघ १६ शुक्रवार

873 

shares

जेलबाट छुटे पछि एकदिन केपी ओलीले गिरिजाप्रसाद कोईराला भेट्ने इच्छा जाहेर गरे । मैले भेटको चाँजोपाँजो मिलाएँ । उ बेला गिरिजाबाबु चावहिल, मित्र पार्कमा बस्थे । समयमै हामी उनको निवासमा पुग्यौं । भुईंतलाको बैठक कक्षमा एक छिन हामीले कुर्नु पर्यो । अलिक एकछिनमा गिरिजाबाबु चिरिच्याट्ट परेर, दौरा सुरुवाल, कालो टोपी र टल्कने कालै जुत्तामा बैठक कक्षमा उपस्थित भए । उनको तुलनामा हामी अलिक ल्याङ्गफ्याङ्गे थियौं । ओली जी दुब्लो पातलो, शर्ट र खुझ्मुझिएको पैन्ट, उसमाथि पेटी न लगाको, फ्याटफ्याटे स्यान्डलमा । म कुन चाँही गतिलो थें र ?! सायद अरुले उतिखेर हाम्रो लवाई खुवाई बारे कम्युनिष्ट यस्तै हुन्छन् भन्ने मान्यता राख्थे क्यारे । हामीले शिष्टाचारमा नमस्कार साटासाट गर्यौं । गिरिजाबाबु टेवलको उसपार भित्तापट्टि कुर्सीमा, हामी टेबलको बगलमा रहेको कुर्सीमा । उस दिनको वार्ताको विषय वस्तु उस्तो चासोको कुरा भएन, ओलीजीको प्रस्तुतिको हाउभाउ (-body language) ले भने मलाई कम असहज महशुस भएन । गिरिजा बाबु जिज्ञासु र एकाग्र देखिन्थे । यता ओलीजी झट्ट हेर्दा उनलाई वेवास्ता गरे(minimize)जस्तो । उनका आँखा भित्तामा सजाईएका शोकेसको वस्तुमा घरि यता घरि उता टोल्याई रहेका, अनि बीच बीचमा फ्याट्ट फ्याट्ट जवाफ दिने । (बीच बीचमा म रफ्फु भर्थें ।) सायद गिरिजाले उति राम्रो न मानेका पनि हुन सक्छन् । हुन त यो एजेण्डामा भेट भन्दा पनि शिष्टाचार भेट मात्रै थियो । तैपनि …। हामी त्यहाँबाट बिदावारी भयौ ।
मलाई पटक्कै चित्त बुझेको थिएन । बाहिर निस्कन साथै मैले ओली जीलाई कोसी हालें, ’होइन आज तपाईले के गर्नु भाको ? वार्ता त आमने सामने हेराहेर गरेर पो हुन्छ त, वास्तै न गरे जस्तो, वर पर चारतिर आँखा डुलार पनि वार्ता हुन्छ त ?! गिरिजा बाबुले के ’फिल’ गरे होलान् ?!’ उनले बडो मार्मिक जवाफ दिए, (शोकेशमा दौडिएका आफ्ना नजरलाई सम्झिदै) ‘जेलमा लामो समय सम्म बस्नेको एउटा समस्या हुँदो रैछ, हामीले त त्यस्ता नयाँ नयाँ चीज देखेकै हुन्न नि, आँखा त त्यता गई हाल्दा रछन् ।’ म झसङ्ग भएँ र चित्त बुझाएँ । आफ्नै धुन, आफ्नै संसार ।
कार्की, चीनका लागि पूर्वराजदूत हुन्

जेलबाट छुटे पछि एक दिन केपी ओलीले गिरिजा प्रसाद कोइराला भेट्ने इच्छा जाहेर गरे | मैले भेटको चाँजोपाँजो मिलाएँ | उ बेला…

Posted by Tanka Karki on Thursday, January 28, 2021

वि.सं.२०७७ माघ १६ शुक्रवार १२:०२ मा प्रकाशित

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...