back
CTIZAN AD

निर्वाचन आयोगसँग प्रचण्ड–नेपाल समुहले माग्यो छलफलका लागि अर्को मिति

वि.सं.२०७७ माघ १६ शुक्रवार

723 

shares

माघ १६, काठमाडौं । निर्वाचन आयोगले बोलाएको छलफलमा विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समुह सहभागी नहुने भएको छ । शुक्रबार साढे ११ बजेका लागि बोलाइएको छलफलमा प्रचण्ड–नेपाल समुहले उपस्थितिका लागि असमर्थ रहेको जानकारी दिएर फर्किएको हो ।

समुहले आगामी माघ १८ पछिको मितिमा छलफलका लागि बोलाउन आग्रह गरेको छ ।

प्रचण्ड–नेपाल समुहले अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नै उपत्यकाबाहिर रहेको र स्वंय दुवै अध्यक्ष छलफलमा सहभागी हुन चाहेकोले छलफल स्थगनको आग्रह गरेको हो ।

प्रचण्ड–नेपाल समुहबाट नेताहरु लीलामणि पोखरेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान छलफल स्थगनको अनुरोधका लागि निर्वाचन आयोग पुगेका थिए ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कोमप्रसाद धमलाका अनुसा अहिले प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेताहरु र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल चलिरहेको छ । प्रचण्ड पक्षका नेताहरु बाहिरिए लगत्तै ओली पक्षीय नेताहरु छलफल कक्षमा छिरेका थिए ।

जनाइएअनुसार ओली पक्षबाट पार्टी महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य सुवास नेम्वाङसहितका नेताहरु आयोग पुगेका छन् ।

वि.सं.२०७७ माघ १६ शुक्रवार १२:१७ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...