back
CTIZAN AD

प्रधानमन्त्री कपको उपाधिका लागि आर्मी र एपिएफ भिड्ने

वि.सं.२०७७ माघ १६ शुक्रवार

720 

shares

१६ माघ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधिका लागि भिड्ने भएका छन् । दुवै विभागीय टोलीले फाइनलमा स्थान बनाएपछि शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भेट पक्का गरेका हुन् ।

बिहीबार कीर्तिपुर खेल मैदानमा आर्मीले वाग्मती प्रदेशलाई ९४ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ५० ओभरमा नौ विकेट गुमाउँदै २२९ रन बनायो । आर्मीले पाँच रन छँदा दुई विकेट गुमाएको थियो । हरि चौहान तीन रनमा तथा रोहितकुमार पौडेल बिनारन पेभेलियन फर्किएका थिए । अनिल मण्डल पनि दुई रनमा पेभेलियन फर्केका थिए । आर्मीले १७ रनमा तीन विकेट गुमाएको थियो । चौथो विकेटका लागि भीम सार्की र लोकेश बमले ५६ रनको साझेदारी गरेका थिए । त्यसैगरी बमले २३ तथा सार्कीले ४० रन बनाएका थिए । कप्तान विनोद भण्डारीले १०, राजेश पुलामीले ६५, विक्रम शोबले ३५ तथा सुसन भारीले १६ रनको योगदान दिए । बलिङतर्फ वाग्मतीका गौतम केसी एक्लैले सर्वाधिक पाँच विकेट हात पारेका थिए ।

दुई सय ३० रनको विजयी लक्ष्य पछ्याएको वाग्मतीले ४०.२ ओभरमा सबै विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्यो । वाग्मतीले १८ रन बनाउँदा पाँच विकेट गुमाएको थियो । कप्तान ज्ञानेन्द्र मल्ल र विपीन आचार्यले ५८ रनको साझेदारी निभाएका थिए । आचार्यले २३ तथा मल्लले ४७ रन बनाएका थिए । बलिङतर्फ आर्मीका जितेन्द्र मुखियाले चार तथा विक्रम शोब र सुसन भारीले तीन–तीन विकेट लिएका थिए । आर्मी लगातार चौथोपटक प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । उपाधि विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।

वि.सं.२०७७ माघ १६ शुक्रवार १४:१२ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...