back
CTIZAN AD

जसपाले गर्यो आन्दोलनको घोषणा, यस्ता छन् कार्यक्रम

वि.सं.२०७७ माघ १६ शुक्रवार

861 

shares

१६ माघ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधिसभा विघटनको विरुद्धमा थप आन्दोलनका कार्यक्रमहरुको घोषणा गरेको छ ।

पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको प्रतिगमनविरोधि कदमका विरुद्धमा आन्दोलन र पार्टी समायोजनका कार्यक्रम सँगसँगै लैजाने गरी माघ २९ गतेसम्मको कार्यक्रम बनाएको बताएका छन् ।

अध्यक्ष डा. भट्टराईले सामाजिक संजाल ट्विटरमा जनाए अनुसार पार्टीले माघ २३ गते जिल्ला, माघ २५ गते संघीय र प्रदेश निर्वाचन क्षेत्र, माघ २७ गते महानगरपालिका\उपमहानगरपालिका\नगरपालिका\गाउँपालिका स्तरीय र माघ २० गते वडा तहमा समायोजनसँगसँगै पुत्लादहन\मसाल जुलुसलगायतका आन्दोलनका कार्यक्रम गर्ने भएको हो ।

जसपाले संसद विघटन गर्ने सरकारको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको भन्दै यसअघि पनि विभिन्न चरणमा प्रदर्शनका कार्यक्रम गर्दै आएको छ ।

 

वि.सं.२०७७ माघ १६ शुक्रवार १४:२९ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...

वनफूलले सिँगारिएको ढोरपाटन

वनफूलले सिँगारिएको ढोरपाटन

ढोरपाटन । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता,...

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...