back
CTIZAN AD

काठमाण्डौं जिल्ला अदालतबाट पूर्वसचिव भिम उपाध्यायलाई सफाई

वि.सं.२०७७ माघ १८ आइतवार

912 

shares

१८ माघ, काठमाडौं । पूर्वसचिव भिम उपाध्यायलाई काठमाडौं जिल्ला अदालतले सफाई दिएको छ ।

सरकारद्धारा गत बैशाख १५ गते दायर साइबर अपराधको मुद्दामा पूर्वसचिव उपाध्यायले सफाई पाएका हुन् ।

जिल्ला अदालत काठमाडौंबाट सफाई पाएपछि खुसी व्यक्त गर्दै उपाध्यायले अदालतको फैसलाबाट लोकतन्त्रमा नागरिकको अभिव्यक्ति स्वतन्त्रताको रक्षा भएको बताएका छन् ।

सामाजिक संजालमा खुसी व्यक्त गर्दै उनले लेखेका छन्,
खुशीको खबरः आज मैले सफाई पाएँ ।
मेराविरूद्ध वर्तमान सरकारबाट गत बैशाख १५ गते दायर साईबर अपराध मुद्दामा आज काठमाण्डौँ जिल्ला अदालतले मलाई सफाई दिएको छ ।
मेरा पक्षमा वहस गरेर न्याय दिलाउन अथक प्रयास गर्नुहुने कानुन ब्यावसायीहरू ः बरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी, बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता चुडामणि पौडेल, बरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, अधिवक्ता गोविन्द बन्दीप्रति आभार ब्यक्त गर्न चाहन्छु। यस सफाईको अदालतको फैसलाबाट लोकतन्त्रमा नागरिकको अभिब्यक्ति स्वतन्त्रताको रक्षा भएको छ । माननीय जिल्ला न्यायाधीश भरतमणि खनालको ईजलासबाट आज यो फैसला भएको हो। मलाई न्याय दिनुहुने आदरणीय जिल्ला न्यायाधीश भरतमणि खनाललाई धन्यवाद प्रकट गर्न चाहान्छु ।

थुनछेक बहसमा मलाई लोकतन्त्र रक्षार्थ सहयोग गर्न वकालतनामा दिने ३ दर्जन भन्दा बढी स्वतःस्फूर्त उपस्थित भएर सहयोग गर्नभएका कानुन ब्यावसायीप्रति आभार प्रकट गर्न चाहन्छु ।

मप्रति गरिएको अन्याय र अलोतान्त्रिक ब्यवहारका बिरूद्ध आवाज घन्काउनु हुने न्यायका पक्षधर कानुन व्यावसायी, शुभेच्छुक, शुभचिन्तक र लोकतन्त्रप्रेमी राजनीतिक नेताहरू, युवाहरू, पत्रकार र परिवारका सदस्य र हितैषी साथीहरूप्रति पनि हार्दिक धन्यवाद ब्यक्त गर्दछु । यो सफाई लोकतन्त्रको रक्षामा साथ दिने सबै लोकतान्त्रिक जनताको जित हो ।’

गत बैशाखमा सामाजिक सजालमार्फत् सरकारका गतिबिधि विरुद्ध आलोचना गरेको अभियोगमा उपाध्यायलाई पक्राउ गरेर उनीमाथि विद्युतीय अपराधको मुद्दा चलाईको थियो ।

वि.सं.२०७७ माघ १८ आइतवार १७:४६ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...

वनफूलले सिँगारिएको ढोरपाटन

वनफूलले सिँगारिएको ढोरपाटन

ढोरपाटन । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता,...

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...