back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा माघ १८ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ माघ १८ आइतवार

678 

shares

१८ माघ, काठमाडौं । नेपालमा आइतबार (१८ माघ) सम्म पिसीआर प्रविधिबाट २० लाख ७१ हजार ७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ३३०८ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित २५९४ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ८६२ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १७३२ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा १४३ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा २ बागमती प्रदेशमा ४२, गण्डकी प्रदेशमा ६७, लुम्बिनी प्रदेशमा ३१ र कर्णाली प्रदेशमा १ जना गरी जम्मा १४३ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी बागमती प्रदेशमा १३ जना, गण्डकी प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा ४ र कर्णाली प्रदेशमा १ जना गरी जम्मा २५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा १०२ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्ला कालिकोट, रुकुमपश्चिम र मुगु रहेको छ ।

आज थपिएका १०५ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ७० हजार ९५९ पुगेको छ । साथै आज २८८ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ६६ हजार ३३६ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु भएको छ । आज थपिएका २ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०२९ पुगेको छ ।

आज देशैभरी थपिए १०५ कोरोना संक्रमित, २८८ निको, २ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा देशैभरी १०५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ३३०८ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका ६८ जनासहित देशैभरी १०५ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला ४१ र पुरुष ६४ रहेका छन् ।

आज थपिएका १०५ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७० हजार ९५९ पुगेको छ ।

त्यसैगरी आज देशैभरी २८८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २८८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ६६ हजार ३३६ पुगेको छ । निको हुनेको यो दर ९८.३ प्रतिशत हो । त्यसैगरी आज २ जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०२९ पुगेको छ ।

कति छन् त सस्थागत आइसोलेशनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ८६२ जना कोरोना संक्रमित होम संस्थागत रहेका छन् ।

जसमा प्रदेश १ मा २, बागमती प्रदेशमा ५५३, गण्डकी प्रदेशमा ३० लुम्बिनी प्रदेशमा १७८, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा ९३ जना गरी ८६२ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन उपचारत छन् । साथै होम आइसोलेशनमा १७३२ जना रहेको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।

आज देशैभरी १०९ जनामा कोरोना संक्रमण, ३५० जना निको, २ जनाको मृत्यु

वि.सं.२०७७ माघ १८ आइतवार १७:१३ मा प्रकाशित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...