back
CTIZAN AD

आज देशैभरी १०९ जनामा कोरोना संक्रमण, ३५० जना निको, २ जनाको मृत्यु

वि.सं.२०७७ माघ १७ शनिवार

726 

shares

१७ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशैभरी १०९ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । विगत केही दिनयता कोरोना भाइरसबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या घट्दै गएको तथ्यांकले देखाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ३,६१८ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका ६४ जनासहित देशैभरी १०९ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला ४३ र पुरुष ६६ रहेका छन् ।

आज थपिएका १०९ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७० हजार ८५४ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ३५० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३५० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ६६ हजार ४८ पुगेको छ । निको हुनेको यो दर ९८.२ प्रतिशत हो ।

त्यसैगरी आज २ जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०२७ पुगेको छ ।

त्यस्तै हालसम्म सक्रिय संक्रमितको संख्या २,७७९ रहेको छ । जसमा देशभरीका आइसोलेशन तथा अस्पतालमा ८४४ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा बस्नेको संख्या १९३५ रहेको छ ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आई.सी.युमा १४४ जना र भेन्टिलेटरमा २५ जनाको उपचार भइरहेको पनि स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ ।

त्यस्तै देशैभरीका क्वारेन्टिनमा बस्नेहरुको संख्या १०९ रहेको छ भने ५०० भन्दा बढी उपचाररत रहेको जिल्ला काठमाडौं रहेको छ ।

मन्त्रालयका अनुसार कालिकोट, रुकुमपश्चिम, मुगु र भोजपुरसहित ४ जिल्लामा शून्य संक्रमित रहेका छन् ।

यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ माघ १७ शनिवार १९:१६ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...