back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ माघ १६ शुक्रवार

672 

shares

१६ माघ, काठमाडौं । नेपालमा शुक्रबार (१६ माघ) सम्म पिसीआर प्रविधिबाट २० लाख ६४ हजार ८१ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ३,२२१ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित ३ हजार २२ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा १२४९ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १७७३ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा १४७ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ४ बागमती प्रदेशमा ४४, गण्डकी प्रदेशमा ६७, लुम्बिनी प्रदेशमा ३१ र कर्णाली प्रदेशमा १ जना गरी जम्मा १४७ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी बागमती प्रदेशमा १५ जना, गण्डकी प्रदेशमा ७ जना र लुम्बिनी प्रदेशमा ४ र कर्णाली प्रदेशमा १ जना गरी जम्मा २७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा १११ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्ला कालिकोट, रुकुमपश्चिम र मुगु रहेको छ ।

आज थपिएका २५७ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ७० हजार ७४५ पुगेको छ । साथै आज ३३३ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९८.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । आज थपिएका ५ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०२५ पुगेको छ ।

पछिल्ला २४ घण्टामा देशैभरी १५७ जनामा कोरोना संक्रमण, ३३३ जना निको, ५ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा देशैभरी १५७ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । विगत केही दिनयता कोरोना भाइरसबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या घट्दै गएको तथ्यांकले देखाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ३,२२१ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका ८२ जनासहित देशैभरी १५७ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला ५९ र पुरुष ९८ रहेका छन् ।

आज थपिएका १५७ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७० हजार ७४५ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ३३३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २३३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ । निको हुनेको यो दर ९८.१ प्रतिशत हो । त्यसैगरी आज ५ जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०२५ पुगेको छ ।

कति छन् त सस्थागत आइसोलेशनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १२४९ जना कोरोना संक्रमित होम संस्थागत रहेका छन् ।

जसमा प्रदेश १ मा ९, प्रदेश २ मा १, बागमती प्रदेशमा ८९२, गण्डकी प्रदेशमा ३६ लुम्बिनी प्रदेशमा २१३, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ९२ जना गरी १२४९ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन उपचारत छन् । साथै होम आइसोलेशनमा १७७३ जना रहेको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा माघ १५ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

दुईदिनमै २८ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप

वि.सं.२०७७ माघ १६ शुक्रवार १६:४१ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...