back
CTIZAN AD

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

वि.सं.२०८३ असार २६ शुक्रवार

825 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले गणेश नेपालीको आत्मदाह प्रयासको घटनालाई केवल उपचार खर्च व्यहोरेर टुंग्याउन नहुने बताएकी छन्। उनले गणेश नेपाली किन यस्तो अवस्थामा पुगे भन्ने विषयमा गम्भीर अध्ययन गरी त्यसबाट सरकारले नीति निर्माणमा पाठ सिक्नुपर्ने धारणा व्यक्त गरेकी हुन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद दर्शनाले रोग, शोक र भोकबाट बगेको आँसु कहिल्यै झुटो नहुने उल्लेख गरेकी छन्। उनले दैनिक रूपमा ूमैले सकिन, मरौँ कि क्या होू भन्ने निराशाको भावनासँग संघर्ष गरिरहेका लाखौँ युवाका लागि सरकारले जीवन सहज बनाउने नीति ल्याउनुपर्नेमा जोड दिइन्।

उनले आर्थिक र सामाजिक दबाबका कारण मानिसहरू निराशाको चरम अवस्थामा पुग्ने भएकाले यसको समाधान केवल मनोपरामर्श मात्र नभई आधारभूत आवश्यकताको सुनिश्चिततासँग जोडिएको बताइन्। उनका अनुसार रोजगारी, सम्मानजनक जीवन र न्यूनतम जीवनयापनको आधार तयार गर्नु नै मानसिक सुरक्षाको महत्वपूर्ण पक्ष हो।

सांसद दर्शनाले यसअघि सुकुम्बासी व्यवस्थापनका क्रममा पनि सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै दुध चुसाइरहेका आमा, सुत्केरी महिला तथा ज्येष्ठ नागरिकप्रति मानवीय व्यवहार गर्नुपर्ने विषय संसद् र सम्बन्धित निकायमा पटक–पटक उठाएको स्मरण गराइन्। तर सरकारको तर्फबाट अपेक्षाअनुसार संवेदनशीलता नदेखिएको उनको टिप्पणी छ।

उनले १०० दिनमै आमूल परिवर्तन वा लाखौँ रोजगारी सिर्जना सम्भव नभए पनि त्यसको आधार तयार गर्ने काम भने तत्काल सुरु गर्न सकिने बताइन्। सबैलाई एकैपटक खुसी बनाउन नसकिए पनि समाजको पिँधमा रहेका श्रमजीवी, गरिब र विपन्न नागरिकको पीडा कम गर्ने नीति सरकारको पहिलो प्राथमिकता हुनुपर्ने उनको भनाइ छ।

सांसद दर्शनाले सरकारले गणेश नेपालीको घटनालाई एउटा व्यक्तिगत दुर्घटनाका रूपमा मात्र नहेरी सामाजिक–आर्थिक यथार्थको संकेतका रूपमा ग्रहण गरी आवश्यक नीतिगत सुधारतर्फ अघि बढ्नुपर्ने आवश्यकता औँल्याएकी छन्।

 

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०४ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...