back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा माघ १५ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ माघ १५ बिहीवार

696 

shares

१५ माघ, काठमाडौं । नेपालमा बिहिबार (१५ माघ) सम्म पिसीआर प्रविधिबाट २० लाख ६० हजार ८६० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ३ हजार ७९१ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित ३,२०३ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ९६१ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या २,२४२ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा १४६ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ४ बागमती प्रदेशमा ४७, गण्डकी प्रदेशमा ६३, लुम्बिनी प्रदेशमा ३१ र कर्णाली प्रदेशमा १ जना गरी जम्मा १३९ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी बागमती प्रदेशमा १६ जना, गण्डकी प्रदेशमा ६ जना र लुम्बिनी प्रदेशमा ४ जना गरी जम्मा २३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा १२२ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्ला कालिकोट, रुकुमपश्चिम र मुगु रहेको छ ।

आज थपिएका २१३ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ७० हजार ५८८ पुगेको छ । साथै आज २९६ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ६५ हजार ३६५ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९८.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । मन्त्रालयको तथ्यांक अनुसार बुधबारसम्म संक्रमणबाट निधन हुनेको संख्या २०२० रहेको छ ।

नेपालमा आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य, २१३ संक्रमित, २९६ जना निको
नेपालमा पछिल्लो २४ घण्टामा २४ घण्टामा मृत्युहुनेको संख्या शुन्य रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ३ हजार ७९१ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १२३ जनासहित देशैभरी २१३ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला ८८ र पुरुष १२५ रहेका छन् ।

आज थपिएका २१३ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७० हजार ५८८ पुगेको छ ।

त्यसैगरी आज देशैभरी २९६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २९६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ६५ हजार ३६५ पुगेको छ । निको हुनेको यो दर ९८.१ प्रतिशत हो ।

कति छन् त सस्थागत आइसोलेशनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ९६१ जना कोरोना संक्रमित होम संस्थागत रहेका छन् ।

जसमा प्रदेश १ मा ९, प्रदेश २ मा १, बागमती प्रदेशमा ६१७, गण्डकी प्रदेशमा ३६ लुम्बिनी प्रदेशमा १९८, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ९३ जना गरी ९६१ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन उपचारत छन् । साथै होम आइसोलेशनमा २,४२१ जना रहेको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।

यस्तो छ नेपालमा १४ माघसम्मको कोरोना भाइरस अपडेटको पूर्ण अपडेट

वि.सं.२०७७ माघ १५ बिहीवार १७:२१ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...