back
CTIZAN AD

प्रधानमन्त्री ओलीलाई लिखित जवाफसहित आफैं उपस्थित हुन सर्वोच्चको आदेश

वि.सं.२०७७ माघ १५ बिहीवार

765 

shares

माघ १५, काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित जवाफसहित स्वंय उपस्थित हुन आदेश दिएको छ । बिहीबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अवहेलना मुद्दामा सात दिनभित्र लिखित जवाफ पेश गर्न प्रधानमन्त्री ओलीलाई आदेश दिएको हो ।

यसअघि प्रधानमन्त्री ओलीविरुद्व दायर अवहेलना मुद्दामा बहस गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले ओलीलाई अदालतमै उपस्थित गराए जवाफ दिन माग गरेका हुन् । रिट निवेदकको माग बमोजिम अदालतले यस्तो आदेश गरेको हो ।

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन मुद्दामाथि पटक–पटक सार्वजनिक रुपमा टिप्पणी गर्दै आएका छन् । उनले इजलासमा भईरहेको बहसलाई ‘तमासा’ भन्ने गरेका छन् ।

ओलीले बयोबद्ध वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई पनि सार्वजनिक कार्यक्रमकै बीचमा ‘बाजे वकिललाई सर्वोच्च लगेर तमासा देखाए’ भन्ने टिप्पणी गरेका थिए ।

९४ वर्षिय वरिष्ठ अधिवक्तालाई लक्षित गर्दै गरेको टिप्पणीले समग्र न्यायपालिकामाथि अवहेलना गरेको जिकिर गर्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपाने रिट निवेदन दर्ता गराएका थिए।

सम्बन्धित समाचार

प्रधानमन्त्री ओली र चार पूर्वप्रधानन्यायाधीशविरुद्व परेका अवहेलनासम्बन्धी मुद्दामाथि सुनुवाई हुँदै

प्रधानमन्त्री ओलीलाई तीन दिनभित्र अदालतमै उपस्थित गराउन माग

वि.सं.२०७७ माघ १५ बिहीवार १६:५७ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...