back
CTIZAN AD

नबिल बैंक र महिलाउद्यमीबिच ब्याज अनुदान सम्झौता

वि.सं.२०७७ माघ १५ बिहीवार

1.1K 

shares

१५ माघ, काठमाडौं । नबिल बैंक र नेपाल महिला उद्यमी महासंघ नामक एक गैरसरकारी संस्था बिच लघु, साना तथा मझौला उद्यममा ब्याज अनुदानमा कर्जा उपलब्ध गराउने सम्झौता भएको छ ।

यो सम्झाैतामा कोरोना भाईरस (कोभिड १९) बाट प्रभावित लघु, साना तथा मझौला उद्यममा संलग्न महिलाहरुलाई नबिल बैंकले ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ ।

यो कर्जा कार्यक्रमबाट लघु, साना तथा मझौला व्यवसायमा लागेका महिलाहरुलाई दिगो विकासको लागि वित्तिय आवश्यकता पूरा गर्न मद्दत पुग्ने बैंकले विश्वास लिएको छ ।

यो कार्यक्रमबाट उद्यमीहरुले महासंघमार्फत वित्तिय सल्लाह र विकास सहयोग पाउने पनि बैंकको विवश्वास छ । यसका साथै साझेदार संस्था मार्फत बैंकले वित्तिय साक्षरता कार्यक्रम पनि सञ्चालन गर्ने छ ।

यो सम्झौता पत्रमा बैंकको तर्फबाट एस.एम.ई प्रमुख निरज कुमार बस्नेत तथा महासंघको तर्फबाट अध्यक्ष रीता सिम्हाले एक कार्यक्रमकाबिच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रममा बस्नेतले नबिल बैंकले महिला सशक्तिकरणलाई मुख्य रुपले प्रत्सहान गर्ने तथा महिला उद्यमीहरुलाई दिगो उत्पादन बृद्धि र रोजगारी सिर्जनाका लागि आवश्यक सीप विकास गर्न सजिलै वित्तिय पहुँच प्रदानगर्दै निरन्तर सहयोग पुर्याउने बताए ।

महासंघ अध्यक्ष रीता सिम्हाले पनि महिलाको पूर्ण सहभागिता बिना शान्ति, समृद्धि, प्रगति हुन नसक्ने बताउँदै महिला उद्यमीलाई वित्तियपहुँचका माध्यमबाट सहयोग गरेकोमा बैंक प्रति कृतज्ञता प्रकट गरिन् ।

नबिल बैंकले आनो देशभर ११९ वटा शाखाकार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिलरेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरूको बृहत सन्जाल मार्फत निरन्तर गुनस्तरिय सेवा प्रवाह गरिरहेको जनाएको छ.।

त्यस्तै एक उच्च प्रशिक्षित समुह, मजबूत तथा सुरक्षित बैंकिंङ प्रणालीकासाथ तीन दशकभन्दा बढीको बैंकिङ अनुभवका साथ, अफ्ना ग्राहकहरुलाई मूल्यअभिवृद्धि गर्न उच्च सेवा वितरणको लागि लक्षित रहेको बैकद्वारा जारि गरिएको विज्ञप्तिमा जनाइएको छ ।

वि.सं.२०७७ माघ १५ बिहीवार १६:५५ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...