back
CTIZAN AD

पहिलो पटक महिला पुजारी नियुक्ति, हेर्नुस् कसरी बनिन् महिला पुजारी

वि.सं.२०७७ माघ १५ बिहीवार

909 

shares

१५ माघ, काठमाडौँ । असन अन्नपुर्ण मन्दिरमा पहिलो पटक महिला पुजारीको नियुक्ति स्वीकृत भएको छ ।

गुठी संस्थान शाखा कार्यालय काठमाडौँले सहनशील शर्मा झालाई १ वर्ष परीक्षण काल रहने गरी पाँचवर्षका लागि पुजारी नियुक्ति गरेको छ ।

कुनै पनि महिलालाई पुजारी नियुक्ती गर्ने नियम गुठी संस्थान मा रहने परम्परा नभएपनि सहनशीलाले लगातार प्रयास गरेपछि नियुक्ति पाएकी हुन् ।

यसअघि पुजा गर्दै आएका प्रमोद झा शर्माको सट्टामा सहनशीलालाई नियुक्त गरिएको जनाएको छ । आफूले महिला महिला पुजारी किन नहुने भन्ने प्रश्न गर्दा ‘महिला पुजारी हुन मिल्दैन’ भन्ने जवाफ पाउने गरेको तर पनि प्रयास गरीरहे पछि नियुक्ति पाउन सफल भएको उनले बताइन् ।

छोरालाई मात्र दिँदै आएको परम्परालाई आफूले जितेको भन्दै उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्- ‘पुर्खाले गर्दै आएको पुजाआजा परम्परामा संधै छोरालाई मात्र अधिकार दिईन्थ्यो आज मैले यो परम्परालाई जीतें । ’

वि.सं.२०७७ माघ १५ बिहीवार १९:०७ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...