back
CTIZAN AD

सलोम क्लब पुनर्गठन

वि.सं.२०७७ माघ १७ शनिवार

768 

shares

१७ माघ, काठमाडौ । नेपाल–इजरायलबीचको घनिष्ठ दौंत्य सम्बन्धलाई जनस्तरबाट अझ प्रगाढ तुल्याउने प्रतिबद्धताका साथ १७ वर्षअघि गठन भएको सलोम क्लब नेपालको पुनर्गठन भएको छ ।

इजरायली विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय विकास सहायता संस्था (मसाभ) को छात्रवृत्तिमा उक्त मुलुकमा अल्प र दीर्घकालीन तालिम गरी स्वदेश फर्केका नेपालीहरूको साझा मञ्च सलोम क्लबको आज राजधानीमा सम्पन्न भेलाले प्रा डा भीमप्रसाद श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय क्लब सर्वसम्मत रुपमा पुनर्गठन गरेको हो ।

पुनर्गठित कार्यसमितिमा कपिलदेव रेग्मी उपाध्यक्ष, सञ्जयकुमार दाहाल महासचिव, सचिवद्वयमा झलेन्द्र भट्टराई र राधा चालिसे चयन भएका छन् भने पूर्व कार्यसमितिका सदस्यहरूमध्येबाट मधु राजभण्डारी, डा अजित रायमाझी र खगेन्द्र आचार्य, जय निशान्त, गणेश राई, शरच्चन्द्र भण्डारी, डा महेश्वरप्रसाद यादव र सम्झना खरेल सदस्यमा चुनिएका छन् ।

नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले पुनर्गठित कार्यसमितिलाई आजै एक समारोहमा स्वागत गर्दै इजरायल–नेपाल सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा क्लबले रचनात्मक काम गर्ने विश्वास व्यक्त गरे । उनले इजरायलमा सिकेको सीप नेपालको विकासका निम्ति इमानदारीपूर्वक उपयोग गर्न क्लबका सबै सदस्यलाई आह्वान गर्दै जुनसुकै समाजको रुपान्तरणका लागि सामुदायिक र सामूहिक प्रयास अपरिहार्य हुने बताए ।

क्लबका अध्यक्ष श्रेष्ठले कृषि प्रविधिका साथै शिक्षा र स्वास्थ्यको क्षेत्रमा इजरायलले गरेको प्रगतिबाट पाठ सिक्दै त्यहाँ आर्जन गरिएको ज्ञान र सीप नेपाल र नेपालीको उन्नयनका निम्ति उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बितेको आधा शताब्दीमा करिब दुई हजार नेपालीले मसाभ छात्रवृत्तिअन्तर्गत विज्ञान तथा प्रविधि, शिक्षा, प्रारम्भिक बाल विकास, उद्यमशीलता, कृषि, आमसञ्चार तथा पत्रकारिता, चिकित्साशास्त्र, सामाजिक विकास, जनप्रशासन, सुरक्षालगायत विषयमा तालिम लिइसकेका छन् भने तीन हजारभन्दा बढीले व्यावसायिक कृषि तालिम ‘ज्ञानसँगै आर्थिक आर्जन’ कार्यक्रममा भाग लिइसकेका छन् ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको कार्यकालमा विसं २०१६ मा नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो भने विसं २०२७ देखि मसाभको छात्रवृत्तिमा नेपालीहरू तालिमका निम्ति उक्त मुलुक जान थालेका हुन् ।

वि.सं.२०७७ माघ १७ शनिवार १९:४६ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

भद्रपुर (झापा) । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै

थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै

भोजपुर । भोजपुरको तेजिङ–हिलारी राजमार्गअन्तर्गत पर्ने थुम्लुङ खोलामा पक्की पुल...

कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द

कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द

झापा । कोशी प्रदेशमा रहेका एफएम रेडियोहरू धमाधम बन्द हुन...