back
CTIZAN AD

मध्यपश्चि विश्वविद्यालय र चाइनाथ्री गर्जेजबीच सम्झौता

वि.सं.२०७७ माघ १७ शनिवार

855 

shares

१७ माघ, कर्णाली । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत, नेपाल र चाइनाथ्री गर्जेज विश्वविद्यालय, चीनबीच दुईपक्षीय सम्झौता भएको छ । दुवै विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि यही माघ १६ गते सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा नन्दबहादुर सिंह र चाइनाथ्री गर्जेज विश्वविद्यालयका तर्फबाट प्राध्यापक ही वेइजुनले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न तथा दुई विश्वविद्यालयबीच आपसी समझदारी र शैक्षिक सहकार्य स्थापना गर्ने उद्देश्यका साथ गरिएको मप विश्वविद्यालयका उपप्राध्यापक तथा सूचनाप्रविधि विज्ञ भट्टले जानकारी दिए । “सम्झौतापश्चात् दुई विश्वविद्यालयबीच विशेषगरी प्राध्यापक, शोधकर्ता, प्रशासनिक कर्मचारी तथा विश्वविद्यालयमा अध्यनरत विद्यार्थी आदानप्रदान हुनेछन्”, सूचनाप्रविधि विज्ञ भट्टले भने, “दुवै विश्वविद्यालयले सामूहिकरुपमा अनुसन्धानसँग सम्बन्धित परियोजनाहरु अगाडि बढाउन सकिने कुरा सम्झौतामा उल्लेख गरिएको छ ।”

त्यसैगरी विभिन्न कार्यक्रम तथा गोष्ठीहरु आयोजना गरिनुका साथै आपसमा विभिन्न शैक्षिक जानकारी तथा सामग्री आदानप्रदान गर्ने र सम्झौताको मर्म पूरा गर्न तथा दुवै देशको कानून एवं सम्झौताको परिधिमा रही विश्वविद्यालय अन्तर्गतका सङ्काय, स्कुल वा संस्थाले एकापसमा समझदारी गरी परियोजना सञ्चालन गर्न सक्ने सम्झौतामा उल्लेख गरिएको उनले बताए । सम्झौताको अवधि हस्ताक्षर मितिदेखि पाँच वर्षको रहने जनाइएको छ । हाइड्रोइलेक्ट्रिक इन्जिनीयरिङ र इलेक्ट्रिकल इन्जिनीयरिङ विषयमा प्रख्यात मानिँदै आएको चाइनाथ्री गर्जेज विश्वविद्यालय स्वास्थ्य, सञ्चार तथा कम्प्युटर प्रविधि, खेलकूद, अर्थशास्त्र, व्यवस्थापनलगायत विषयहरु पढाइ हुने चीनकै एक अग्रणी विश्वविद्यालय हो ।

वि.सं.२०७७ माघ १७ शनिवार १५:४० मा प्रकाशित

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...