१९ माघ, काठमाडौं । नेपाली सेनाले नियमित प्रक्रिया अनुसार चेकजाँचका लागि बख्तरबन्द चक्रपथ परिक्रमा गर्न लागिएको बताएको छ ।
नेपाली सेनाको १० वटा बख्तरबन्द गाडीले आज सोमबार देखि चक्रपथ परिक्रमा गर्ने भएको हो ।
नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले सेनाको नियमित प्रक्रिया अनुसार बख्तरबन्द गाडीले चक्रपथ परिक्रमा गर्न लागेको जानकारी दिएको सोमबारको राजधानी दैनिकमा समाचार छ ।
सेनाले यो अभ्यास आफ्ना आठवटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटबाट समेत गर्ने बताइएको छ ।
नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार यही माघ १९ गते राती वख्तरवन्द गाडीहरुले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको । त्यसैगरी, ८ वटै पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा वख्तरवन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको जानकारी गराउदछौं ।
— NASpokesperson (@NaSpokesperson) January 31, 2021
वि.सं.२०७७ माघ १९ सोमवार ०८:४१ मा प्रकाशित






























