back
CTIZAN AD

स्नातक तथा स्नातकोत्तर तहको शैक्षिक सत्रमा परिवर्तन हुने

वि.सं.२०७७ माघ १९ सोमवार

636 

shares

१९ माघ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको स्नातक तथा स्नातकोत्तर तहको शैक्षिक सत्रमा परिवर्तन हुने भएको छ । आजको गोरखापत्र दैनिकमा आएको समाचार अनुसार कोरोना भाइरसका कारण १० महिनाभन्दा बढी समयसम्म विश्वविद्यालयका भौतिक कक्षा, परीक्षा सञ्चालन हुन नसकेपछि शैक्षिक सत्रमा परिवर्तन गर्ने निष्कर्षमा विश्वविद्यालय पुगेको हो ।

विश्वविद्यालयको तयारीअनुसार अब स्नातक तहको शैक्षिक सत्र फागुन महिनाबाट सुरु गरिने छ । विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले जानकारी दिए अनुसार यसअघि मङ्सिर महिनाबाट स्नातक तहको पठनपाठन सुरु गर्ने विश्वविद्यालयको नियम रहे पनि तीन महिनापछाडि सार्नुपर्ने अवस्था देखिए छ ।

आगामी वर्षदेखि पनि स्नातक तहको शैक्षिक सत्र फागुनलाई नै मानिने भएको छ । यस वर्ष पनि विश्वविद्यालय मातहतका अध्ययन संस्थान तथा सङ्कायहरूले फागुनलाई नै आधार मानेर विद्यार्थी भर्ना कार्यक्रम प्रकाशित गर्ने भएका छन् । नियमित पठनपाठन १० महिना सकाएर १२ महिनामा वार्षिक परीक्षा सक्ने विश्वविद्यालयको तयारी छ ।

यस पटक राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीको नतिजा पनि छिट्टै प्रकाशित गर्दैछ । बोर्डले गत मङ्सिर दोस्रो साता कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो । बोर्डको कार्यतालिकालाई मिलाएर स्नातक तहको भर्ना खोलिएको जानकारी शिक्षाध्यक्ष भुसालले दिएको पनि सो समाचारमा उल्लेख छ ।  कक्षा १२ को नतिजा प्रकाशन र स्नातक तहको नयाँ भर्ना खोल्ने समयका बीचमा एक दुई महिनाभन्दा बढी फरक नहुने गरी मिलाइने जनाइएको छ ।

यसका साथै विश्वविद्यालयले स्नातकोत्तर तहमा वैशाख अन्तिमबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने भएको छ । हाल विश्वविद्यालयमा स्नातक तहका वार्षिक परीक्षाका कार्यक्रम सञ्चालन भइरहेका छन् । यसका आधारमा पनि स्नातकोत्तर तहको शैक्षिक सत्र वैशाखमै पुग्ने स्थिति देखिएको उनको भनाइ छ ।

वि.सं.२०७७ माघ १९ सोमवार ०९:०२ मा प्रकाशित

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

सिरहा । सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा ठूलो...

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

चितवन । जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको...

आज पनि घट्यो सुनचाँदीको मूल्य

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा घटेको छ...

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङ । नेपाल–चीन उत्तर कोरलानास्थित लोमान्थाङ–१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार...