back
CTIZAN AD

बहिरा विद्यालय आर्थिक समस्यामा

वि.सं.२०७३ माघ १० सोमवार

780 

shares

१० माघ,बागलुङ । दाताबाट आर्थिक सहयोग आउन रोकिएपछि यहाँको धवलागिरि बहिरा आवासीय माविका प्रशिक्षकको तलबको स्रोत बन्द भएको छ ।

विद्यालयले दुई वर्षअघि सुरु गरेको कम्प्युटर इन्जिनियरिङ विषयका एक प्रशिक्षक, एक सहायक प्रशिक्षक र एक दोभाषेले पछिल्लो महिनाको तलब नै पाएका छैनन् । दातृ संस्था ‘प्लान इन्टरनेसनल नेपाल’ले सम्झौताबमोजिम गत पुस १५ देखि सहयोग रोकेको विद्यालयले जनाएको छ ।

इन्जिनियरिङ कक्षाका बाँकी एकजना प्रशिक्षक र एकजना सहायक प्रशिक्षकलाई भने चालु आवदेखि सरकारले नै तलबको व्यवस्था गरेको छ । यसअघि सबै प्रशिक्षक र दोभाषेलाई ‘प्लान इन्टरनेसनल नेपाल’ले नै तलब, भत्ता दिँदै आएको थियो । अब भने, सम्झौता अवधि सकिएकाले आर्थिक सहायता दिन नसकिने स्पष्ट पारेको छ । बीचैमा दाताको सहयोग बन्द भएपछि विद्यालय आर्थिक समस्यामा परेको छ ।

यसबीचमा चालु आवको अन्तसम्म सहयोग थप गर्न शिक्षा मन्त्रालय, शिक्षा विभागले गरेको अनुरोध पनि ‘प्लान इन्टरनेसनल नेपाल’ले अस्वीकार गरेको छ । शिक्षा विभागले आगामी असार मसान्तसम्म आर्थिक सहयोग उपलब्ध गराउन ‘प्लान इन्टरनेसनल नेपाल’लाई गत कात्तिकमै अनुरोध गरेको थियो । विद्यालयका संस्थापक एवम् व्यवस्थापन समिति सदस्य केवी रानामगरले सरकार र दाता दुवैले विद्यालयको समस्याप्रति बेवास्ता गरेको आरोप लगाउनुभयो ।

शिक्षा मन्त्रालयले भने आगामी आवदेखि सबै प्रशिक्षक र दोभाषेको जिम्मेवारी लिने जनाएको छ । बीचको ६ महिना तलब, भत्तालगायत कक्षा व्यवस्थापनमा हुने खर्च कसरी जोहो गर्ने भन्ने अन्योलमा विद्यालय छ । उक्त अवधिमा तलब, कम्प्युटर खर्चलगायतमा रु १३ लाख २९ हजार खर्च आवश्यक पर्ने विद्यालयका प्रधानाध्यापक मधुसूदन न्यूरेले बताउनुभयो ।

विद्यालयले प्राविधिक धारतर्फ कक्षा ९ र १० मा कम्प्युटर इन्जिनियरिङ कक्षा सञ्चालन गरेको छ । दुवै कक्षामा १८÷१८ जना बहिरा विद्यार्थीले कम्प्युटर इन्जिनियरिङ विषय पढ्दै आएका छन् ।

वि.सं.२०७३ माघ १० सोमवार ०६:१४ मा प्रकाशित

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै...