back
CTIZAN AD

प्रदेशसभा बैठक विनाकारण स्थगन, प्रचण्ड–नेपाल समुहका सांसदले गरे विरोध

वि.सं.२०७७ माघ १९ सोमवार

795 

shares

माघ १९, काठमाडौं । बागमती प्रदेशसभाको बैठक बोलाउन माग गर्दै विभाजित नेकपाको प्रचण्ड–नेपाल समुहका सांसदहरुले प्रदेशसभा सचिवालय अगाडि नाराबाजी गरेका छन् । सोमबार तय भएको बैठक विनाकारण स्थगित गरिएपछि सांसदहरुले नाराबाजी गरेका हुन् ।

उनीहरुले संसदलाई बन्धन बनाउने नपाईने भन्दै नाराबाजी गरेका छन् । सांसदहरुले ‘अल्पमतको सरकार राजीनामा दे’, ‘प्रदेश सभा सुचारू गर’, ‘प्रदेश सभा रोक्न पाइँदैन’, ‘अल्पमतको सरकार चाहिँदैन’ लगायतका नारा लगाएका थिए।

प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्व दर्ता अविश्वासमाथि छलफल गर्ने तयारी थियो । तर, सभामुख सानुकुमार श्रेष्ठले आइतबार राति विनाकारण बैठक फागुन पहिलो सातासम्मको लागि स्थगित गरिदिए ।

१ सय १० सदस्यीय प्रदेशसभामा नेकपाका ८० सांसद रहेका छन् । जसमध्ये ४५ जनाले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्व अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

प्रचण्ड–नेपाल पक्षका ४५ जना सांसदको हस्ताक्षरसहित गत पुस १० मा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । गत पुस १० मा दर्ता भएको प्रस्ताव १ महिनापछि मात्रै गत माघ ९ मा प्रदेशसभामा पेस भएको थियो । तर, त्यसपछि भने प्रदेशसभा बैठक स्थगन हुँदै आएको छ ।

सोमबार बोलाईको बैठक अन्तिम समय विनाकारण सभामुखले स्थगित गरिदिएका छन् ।

वि.सं.२०७७ माघ १९ सोमवार १३:३३ मा प्रकाशित

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई...

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...