back
CTIZAN AD

इंल्याण्ड विरुद्धको पहिलो टेस्टका लागि आकाश चोपडाले बनाए भारतको प्लेइङ्ग-११, क-कस्ले पाए त मौका

वि.सं.२०७७ माघ १९ सोमवार

636 

shares

१९ माघ, काठमाडौँ । भारतीय क्रिकेट टिममा पुर्वखेलाडी आकाश चोपडाले इंल्याण्ड विरुद्धको पहिलो टेस्टका लागि भारतको सम्भावित प्लेइङ्ग-११ बनाएका छन । उनले विराट कोहलीको कप्तानीमा सम्भावित प्लेइङ्ग बनाएका हुन ।

उनले ओपनिङ्ग ब्याट्सम्यानमा रोहित शर्मा र शुमभन गिललाई राखेका छन । त्यसैगरी उनले तेस्रो, चौथो र पाँचौ नम्बरमा चतेश्वर पुजरा, विराट कोहली र अजिक्य राहणेलाई राखेका छन । अष्ट्रेलिया विरुद्धको श्रृखलामा उत्कृष्ट ब्याटिङ्ग गर्दै भारतलाई टेस्ट श्रृखला जिताएका विकेट-किपर व्याट्सम्यान रिषभ पंतलाई उनले छैठौँ स्थानमा राखेका छन ।

बलिङ्गमा उनले २ फास्ट बलर र ३ स्पिनरलाई टिममा राखेका छन । फास्ट बलरका रुपमा उनले जसप्रीत बुमराह र इशांत शर्मालाई मौका दिएका छन भने स्पिनरका रुपमा रविचन्द्र अश्विन, वाशिंगटन सुन्दर, कुलदिप यादवलाई मौका दिएका छन ।

उनले अष्ट्रेलिया विरुद्धको टेस्ट श्रृखलामा भारतका लागि सर्वाधिक विकेट लिएका मोहम्मद सिराज (१३ विकेट) र  दुई वर्ष पछि भारतको टेस्ट टिममा पर्न सफल भएका हार्दिक पांड्यालाई टिममा राखेका छैनन् ।

भारतले इंल्याण्ड विरुद्ध ५ फेब्रुअरीबाट ४ खेलको टेस्ट श्रृखला खेल्ने छ । पहिलो टेस्टको तयारीका लागि इंल्याण्ड र भारतका खेलाडीहरु चेन्नाई पुगी सकेका छन ।

इंल्याण्ड विरुद्धको पहिलो टेस्टको लागि आकाश चोपडाले बनाएको भारतको सम्भावित प्लेइङ्ग-११
रोहित शर्मा, शुभमन गिल, चेतेश्वर पुजरा, विराट कोहली, अजिक्य राहणे, रिषभ पंत, वाशिंगटन सुन्दर, रविचन्द्र अश्विन, कुलदिप यादव, इशांत शर्मा र जसप्रीत बुमराह ।

वि.सं.२०७७ माघ १९ सोमवार १५:१७ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...