back
CTIZAN AD

नेता कार्की भन्छन् – ओली यसरी घेरामा पर्दै गए

वि.सं.२०७७ माघ २१ बुधवार

921 

shares

लामो समय नेपाली कम्युनिष्ट आन्दोलनमा काम गरेका एक कम्युनिष्ट नेताले प्रधानमन्त्री केपी शर्मा ओली कसरी घेराउमा पर्दै गए भन्ने कुराको खुलासा गरेका छन् ।

तत्कालीन एमालेको केन्द्रीय सदस्य तथा निर्वाचित सांसद समेत रहेका नेता शुरेश कार्कीले ओली अब अमेरीकी साम्राज्यबादबाट उम्कनै नसक्ने गरी घेराउमा परेको ६ तर्क दिएका छन् ।

पुष्पलाल अध्ययन समाजका महासचिव समेत रहेका उनले भारतोमेरीकी (भारत र अमेरीका) अर्थात भारत पश्चिमा (इण्डो वेष्ट) गठबन्धनको ट्रयापमा परीसकेको तथ्य समेत दिएका छन् । उनले अमेरीकी लिलिप्याडको योजना समेत सार्वजनिक गरेका छन् ।

कार्कीले २१ नोभेम्वर २०२० मा बिदेशिहरुको उक्साहटमा देशले छैठो स्टेपसम्म भोग्ने बताउँदै ४ बटा श्रृंखलाको चर्चा समेत गरेका छन् ।
फेव्रुवरी १ मा उनले यसो भनेका थिए :-

सुरेश कार्की

नेपालमा Indo-USA   गतिविधि र चहलपहल कसरी बढदैछ ?

१) ओली पहिला र दोस्रो पटक प्रधानमन्त्री भएपछि सिंहदरवार, वालुवाटार र शितलनिवासका प्रमुख सल्लाहकार, सल्लाहकार सहित Indo- USA ( Western)  का घेरावन्दीमा पर्दै गए ।

२) खासगरी पश्चिमाहरूबाट लगानी भएका INGO र NGO हरू ओलीका साथ र पक्षमा खडा हुन थाले । उनीहरूको पहुच शितलनिवास र वालुवाटारमा सहज भयो ।

३) ओली MCC जसरी पनि मंन्त्रीपरिषद, संसदबाट पास गर्नै पर्ने निष्कर्शमा पुगे । सबैलाई हेक्का होस MCC Asia pacific कै अंग हो अर्को शव्दमा भन्दा NATO कै निरन्तरता हो ।

४) विश्वभरि USA दुई प्रकारका सैनिक अखडा बनाउन चाहन्छ :
( क)  फिलिपिन्स , ताईवान, जापान लगायत जस्ता मुलुकमा रहेको Permanent सैनिक क्याम्प (नक्सामा गोलाकार पहेलो)
(ख) Lily Pad एबम साना प्रकारका अस्थायी र स्थायी प्रकारका सैनिक क्याम्प । नेपालमा अस्थायी प्रकारको सैनिक क्याम्प राख्ने अमेरिकी योजना रहेको छ । नेपाल–अमेरिकी सैनिक अभ्यासको नाममा Lily Pad एबम राख्ने भित्री सहमति दिएको बुझिन्छ (तल नक्सामा रातो गोलाकार स्थायी र कालो गोलाकार अस्थायी Lily Pad एबम)

५) च्चे नक्सा प्रकाशन गरेपछि नेपाल- भारतको सम्बन्धमा तिक्तता देखा परयो । यता ओलीले प्रकाशित नक्सा स्थगन गर्नुको साथै चूच्चे नक्सा सहितको पुस्तक वितरनमा रोक लगाए । फलस्वरूप भारतसंग ओलीको वार्ताको ढोका त खुल्यो तर दुबैको बडी ल्याडग्वेजले बताउछ सम्बन्ध चिसै छ । सुन्नमा आएको छ Asia- Pacific  को सैनिक टुकडी कालापानीमा राख्ने ओलीले मौखिक सहमति दिएको बुझिन्छ ।

६) अमेरिका यतिखेर नेपालमा Indo-Pacific ,MCC, Tibet Refuge र द्धन्दकालिन घटना बारे बढी चासो राखेको बुझिन्छ । कतै जिब्रो चिप्लिएको त छैन ?

नोभेम्वर २१ मा यस्तो थियो कार्कीको अनुमान :
Step 1 – पश्चिमाहरू र RAW को गतिविधि नेपालमा सरकार र पार्टीभित्र बढनेछ, चीनको बिरूद्धमा उनीहरू नेपालमा केन्द्रीत हुनेछन …..!!
Step2-  गुटवन्दी उत्कर्षमा,एकले अर्कालाई नांगेझार पार्ने आरोप(प्रत्यारोप, गुण्डागिर्दी बढदै जानेछ र ईमान्दार, त्यागी कार्यकर्ता मुकदर्शक वन्नेछन, राजावादीहरूको सक्रियता बढनेछ……!!
Step3- पार्टी विभाजन उत्कर्षमा पुग्नेछ, संसद विघटन, पार्टी विभाजन लगायत जे पनि हुन सक्छ , दलहरूको भूमिका कमजोर हुनेछ , …..!!
Step4- ळूलो रेक्टरको भूईचालो आउनेछ ,नया नया गळवन्धनहरू वन्दै जानेछ ……!!
Step 5 – ………..!!
SteP6 – ………!!

Lily Pad

वि.सं.२०७७ माघ २१ बुधवार १०:०७ मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...