२३ माघ, काठमाडौँ । अष्ट्रेलियामा जारी बिग ब्यास लिग अन्तर्गत पर्थ स्कोचर्सले ब्रिसबेन हिटलाई पराजित गर्दै फाइनमा प्रवेश गरेको छ । बुधबार क्यानबेरामा भएको खेलमा पर्थले ब्रिसबेनलाई ४९ रनले पराजित गरको हो ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको पर्थ स्कोचर्सले १८.१ ओभरमा १ विकेट गुमाएर १८९ रन बनाएको थियो । पर्थ स्कोचर्सका लागि लियाम लिभिंगस्टोनले ३९ बलमा ७७ रनको विस्फोटक पारी खेलेका थिए । त्यसक्रममा उनले ६ छक्का र ५ चौका प्रहार गरेका थिए । ब्रिसबेन हिटका लागि १ मात्र विकेट मिचल स्वीपसनले लिएका थिए ।
वर्षको कारणले गर्दा पुरै ओभर खेल्न नपाएको पर्थ स्कोचर्सले डकवर्थ लुईस स्र्टनका आधारमा ब्रिसबेन हिटलाई जितको लागि १८ ओभरमा १९९ रनको लक्ष्य दिएको थियो ।
पर्थले दिएको १९९ रनको लक्ष्य ब्रिसबेन हिटले पुरै १८ ओभर खेल्दा पनि पुरा गर्न सकेन । ब्रिसबेन हिटले १८ ओभरमा ९ विकेट गुमाएर १५० रन मात्र बनाउन सक्यो । ब्रिसबेन हिटका लागि ब्याटिङ्गमा जोई बर्न्सले सर्वाधिक ३८ रनको पारी खेलेका थिए भने पर्थका लागि बलिङ्गमा एरण हार्डीले सर्वाधिक ३ विकेट लिएका थिए ।
ब्रिसबेन विरुद्ध ४९ रनले जित हासिल गरेसँगै पर्थ स्कोचर्स फाइनलमा प्रवेश गरको छ । बिग ब्यास लिगको उपाधिका लागि शनिबार सिड्नी सिक्सर्स र पर्थ स्कोचर्स भिड्ने छन ।
वि.सं.२०७७ माघ २३ शुक्रवार १०:१० मा प्रकाशित


























