२३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर असंबैधानिक कदम चालेको भन्दै त्यसको विरोधमा निरन्तर आवाज उठाएका नागरिक अगुवाहरुले आज संबैधानिक निकायमा गरिएको नियुक्तिको विरोधमा मार्चपास गरेका छन् ।
नागरिक अगुवा तथा लेखक खगेन्द्र संगौला, नारायण वाग्ले, युग पाठक, संञ्जीव उप्रेती लगायतका नागरिक अगुवाहरुले शुक्रबार बिहान ७ बजे संबैधानिक अंगहरुमा असंबैधानिक नियुक्ति गरिएको भन्दै त्यसको विरोधमा लैनचौरस्थित पद्मरत्न तुलाधरको निवासदेखि शितल निवाससम्म मार्चपास गरेका हुन् ।
‘राष्ट्रपतिज्यू संविधान कहाँ छ ? ‘लोकतन्त्र जिन्दावाद’, ‘असंबैधानिक नियुक्ति मान्दैनौं’ लगायतका नारा लेखिएको प्लेकमार्ड बोकेर अगुवाहरुले मार्चपास गरेका थिए ।
वि.सं.२०७७ माघ २३ शुक्रवार १०:०४ मा प्रकाशित






























