माघ २३, काठमाडौं । विभाजित नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली पक्षले आज नारायणहिटी संग्राहलय अगाडि बृहत जनसभाको आयोजना गरेको छ । जसको तयारी अन्तिम चरणमा पुगेको छ ।
कार्यक्रम स्थल वरिपर सरसफाई गर्नेदेखि आमसभाबारे जानकारीमुलक प्रचार सामाग्री टाँस्ने काम सम्पन्न भईसकेको छ । नारायणहिटीको दरबारलाई नै छेक्नेगरि प्रधानमन्त्री ओलीका तस्बिरहरु राखिएका छन् ।
ओली पक्षीय नेकपाको बागमती प्रदेशले आयोजना गरेको जनसभामा २ लाख मान्छे उतार्ने यसअघि नै उद्घोष गरिएको थियो । मध्यान्ह १२ बजेदेखि सुरु हुने सभामा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
जनसभाका लागि अहिले उपत्यकाका विभिन्न १५ स्थानबाट जुलुसहरु निस्किन सुरु गरेका छन् ।
यस्तो देखियो नारायणहिटीको आँगन






तस्बिर : पत्रकार प्रकाश तिमिल्सिनाकाे फेसबुक वालबाट ।
वि.सं.२०७७ माघ २३ शुक्रवार ११:५० मा प्रकाशित




























