back
CTIZAN AD

घरबाटै बेपत्ता भएका दूधेबालक ७२ घण्टापछि भारतबाट उद्धार

वि.सं.२०७७ माघ २३ शुक्रवार

636 

shares

२३ माघ, लहान । आफ्नै आँगनबाट बेपत्ता भएका सिरहाको दुई वर्षीय बालकलाई ७२ घण्टापछि प्रहरीले भारतको मधुवनीबाट उद्धार गरी परिवारको जिम्मा लगाएको छ ।

आफ्नै घरआँगनमा खेलिरहेका बेला गत मङ्गलबार साँझ सिरहा नगरपालिका–१ डुम्बाखाताका प्रदीप यादवका दुई वर्षीय छोरा प्रियान्सु यादव बेपत्ता भएका थिए ।

बालक घरबाटै बेपत्ता भएको सूचना पाएर खोजतलासमा जुटेको जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले बिहीबार साँझ ७ः०० भारतको मधुवनी जिल्ला खाजेडी भन्ने गाउँबाट प्रियान्सुलाई उद्धार गरेको सिरहाका प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले जानकारी दिए ।

बालक प्रियान्सुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई गए राति नै आमा सङ्गीताकुमारीको जिम्मा लगाएको जनाएको छ ।

बालक बेपत्तालगत्तै परिवारजनले प्रहरीलाई खबर गरेका थिए । परिवारजनले बालकको अपहरण भएको आशङ्का गरेका थिए । बालकको घरदेखि फेला परेको स्थानको दूरी करिब १८ किलोमिटर पर्छ ।

“हाम्रो पहिलो प्राथमिकता बालकलाई सकुशल पत्ता लगाउनु थियो जुन सफल भयो”, प्रहरी उपरीक्षक भण्डारीले भने, “अब घटनाको अनुसन्धान गरी बालकको अपहरण गर्नेको खोजी गर्न केन्द्रित हुन्छौँ ।” अपहरणकारी जोसुकै भए पनि खोजी गरी कानूनी दायरामा ल्याइने उनको भनाइ थियो । रासस

वि.सं.२०७७ माघ २३ शुक्रवार ११:५१ मा प्रकाशित

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना...

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

राम थापा, गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान...

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...