काठमाडौं । बलिउड अभिनेत्री श्रद्धा कपुर सोसल मिडियामा निकै सक्रिय रहन्छिन् । हालै उनले निर्देशक लुभ रंजनको फिल्मको पहिलो फोटो सुट गराएकी छिन् ।
चलचित्रको लागि खिचाएको उक्त तस्विरहरु उनले सामाजिक सञ्जाल इन्स्टाग्राम तथा ट्विटरमा सेयर गरेकी छन् । उनले सेयर गरेका उक्त तस्बिरहरु यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भएका छन् । उनले सार्वजनिक गरेका तस्बिरहरुमा मिश्रित प्रतिक्रिया आएका छन् ।
श्रद्धाले कालो मखमली स्लिट गाउन र त्यहि गाउनमा मिल्दो अग्लो जुत्ता लगाएकी छन् । जुन ड्रेसमा उनी निकै नै हट एण्ड बोल्ड देखिएकी छन् । जुन तस्बिरको ट्रोलहरु पनि निकै बनिरहेका छन् ।
वि.सं.२०७७ माघ २३ शुक्रवार ११:५५ मा प्रकाशित

























