back
CTIZAN AD

चन्द्रागिरिले हरेक हप्ता राजमार्ग सरसफाइ गर्ने

वि.सं.२०७७ माघ २४ शनिवार

663 

shares

२४ माघ, काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले हरेक हप्ता राजमार्ग सरसफाइ गर्ने भएको छ । काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकामा रहेको चन्द्रागिरिले सडक सौन्दर्यका लागि हरेक हप्ता सडक सरसफाइ गर्ने भएको हो ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले यात्रुले जथाभावीरुपमा बसभित्रबाट सडकमा फोहोर फाल्दा सडकको सौन्दर्य बिग्रँदै गएकाले हप्ताको एकपटक सडक सरसफाइ गर्न लागेको जानकारी दिए । “चन्द्रागिरिले चालु आर्थिक वर्षका लागि सडक सरसफाइमा रु २० लाख रकम विनियोजन गरेको छ”, नगरप्रमुख गिरिले भने ।

यस्तै, चन्द्रागिरिले राजमार्गको बीचभागमा सडक डिभाइडर, तारजाली राख्नका साथै त्यसमा इनामेल तथा रङरोगन गर्नका लागि रु ५० लाख विनियोजन गरेको छ । चन्द्रागिरिको थानकोट नाका हुँदै दैनिक एक लाखभन्दा बढी निजी तथा सार्वजनिक सवारी साधन उपत्यका प्रवेश गर्दै आएका छन् ।

उक्त नगरपालिकाले रु एक करोड लागतमा पिप्लामोड–नागढुङ्गा–कलङ्की क्षेत्रमा सडक बत्तीसमेत राख्न लागेको छ । अहिले ५०० सडकबत्ती राख्ने योजना बनाएको सो नगरपालिकाले आगामी दिनमा २०० बत्ती थप गर्ने बताएको छ ।

यसैगरी, सो नगरपालिकाले राजमार्ग क्षेत्रमा हुने अपराधिक क्रियाकलापको नियन्त्रणका लागि दुई महिना पहिला नै सिसि क्यामरासमेत जडान गरिसकेको छ । उक्त नगरपालिकाले रु एक करोडको लगानीमा ६८ वटा अत्याधुनिक सिसि क्यामरा जडान गरेको थियो ।

वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरिका १५ मध्ये ११ वडा राजमार्ग क्षेत्रमा पर्दछन् । चन्द्रागिरि नगरपालिकामै एशियाली विकास बैँकको सहयोगमा नेपालकै पहिलो सुरुङ मार्गसमेत निर्माण हुन लागेको छ । जसको निर्माण कार्य धमाधम भइरहेको छ । रासस

वि.सं.२०७७ माघ २४ शनिवार १०:१० मा प्रकाशित

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...

‘सफा सहर’को साख जोगाउन कठिन

‘सफा सहर’को साख जोगाउन कठिन

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्छन्,...