माघ २५, काठमाडौं । रामजन्मभूमि भनेर चर्चा गरिएको चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरीमा राखिने भनिएको राम र सीताको मूर्ति तयार भएको छ । तयार मुर्ति प्रधानमन्त्री निवास बालुवाटारमा राखिएको छ ।
जनाइएअनुसार लक्ष्मण र हनुमानको भने मुर्ति तयार हुन बाँकी छ ।
सबै मुर्ति तयार भए पछि आगामी रामनवमीको अवसरमा अयोध्यापुरीमा प्राण प्रतिष्ठा गरिनेछ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफुँ स्वंय उपस्थित भएर मूर्तिको प्राण प्रतिष्ठा गर्ने बताएका थिए ।
वि.सं.२०७७ माघ २५ आइतवार १३:५३ मा प्रकाशित






























