back
CTIZAN AD

युवा संघद्वारा सरकार नागरिकको जिउधनको सुरक्षा दिन असफल भएको ठहर

वि.सं.२०७७ माघ २५ आइतवार

750 

shares

२५ माघ, काठमाडौँ । नेकपाको भातृसंस्था राष्ट्रिय युवा संघ, नेपालले सरकार नागरिकको जिउधनको सुरक्षा दिन असफल भएको ठहर गरेको छ ।

१७ वर्षीय किशोरी भागिरथी भट्टको बलत्कारपछि हत्या भएको घटना बारे संघका संयोजक रामप्रसाद सापकोटा(दीपशिखा)द्वारा जारी शोक वक्तव्यमा ‘यसरी दिनदहाडै नागरिकहरु बलात्कृत भई हत्या हुनुले राज्यसंयन्त्र नागरिकको जिउधनको सुरक्षा दिन असफल भएको हाम्रो ठहर छ’ भनिएको छ ।

भागिरथी भट्टको बलत्कार पछि हत्या भएको घटनाले राष्ट्रिय युवा संघ नेपाल स्तब्ध र मर्माहित भएको जनाउँदै पाशविक र अमानवीय कृकृत्यको घार निन्दा र भत्सर्ना गरिएको छ ।

दोसीलाई यथासक्य छिटो कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारवाहीको माग गर्दै परिवारजनमा उचित क्षतिपूर्ति दिन समेत माग गरिएको छ ।

युवा संघले हत्यारालाई कानुनी दायरमा ल्याइए कार्वाही गर्न ढिलासुस्ती भएमा कडा संघर्षमा उत्रने चेतावनी समेत दिएको छ ।

वि.सं.२०७७ माघ २५ आइतवार १३:४७ मा प्रकाशित

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...