back
CTIZAN AD

ओली शिक्षक र बुद्धिजिवीदेखि तर्सन्छन् – प्रचण्ड (भिडियोसहित)

वि.सं.२०७७ माघ २६ सोमवार

876 

shares

काठमाडौं, २६ माघ । विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली शिक्षक र बुद्धिजिवीदेखि तर्सने गरेको टिप्पणी गरेका छन् । सोमबार आफुँ पक्षीय शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषदलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनका अनुसार पार्टी एकताको सुरुवातीदेखि नै ओलीले शिक्षण संगठनलाई विचारबाट टाढा राख्न खोजेका थिए । “उहाँले शिक्षक संगठनलाई एकता पनि हुन नदिने, प्रशिक्षित पनि हुन नदिने काम गर्नुभयो, उहाँ शिक्षक, बुद्धिजिवीसँग तर्सनु हुने रहेछ, उहाँलाई दास चरित्रका मान्छेहरु चाहिने रहेछ”, प्रचण्डले भनेका छन् ।

प्रचण्डका अनुसार शिक्षक र बुद्धिजिवी वर्ग क्रान्तिकारी सोंचका हुनु नै ओलीको लागि समस्या थियो । “शिक्षक तथा बुद्धिजिवीहरु अन्धभक्त हुँदैनन्, उनीहरु विवेक प्रयोग गर्दछन्, शिक्षकहरु प्रगतिशील, कम्युनिष्ट र क्रान्तिकारी बाहकका हुन्छन् भन्ने केपी ओलीलाई थाहा छ”, प्रचण्डले भने, “जति गरे पनि शिक्षक समुदाय, बौद्धिक समुदाय मेरा हुँदैनन् भन्ने भएपछि उहाँले एकता हुन दिनुभएन ।”


प्रचण्डका अनुसार पार्टी एकता हुँदै गर्दा शिक्षक संगठनको एकता गर्ने विषयमा निकै समस्या परिरह्यो । प्रधानमन्त्रीसमेत रहेका ओलीले शिक्षक संगठन नै बनाउन नहुने भन्न थालेपछि समस्या देखिएको उनको भनाई छ ।

“जनसंगठनको एकता गर्ने विषयमा सबैभन्दा बढि शिक्षण संगठनको विषयमा बहस र विवाद भए, शिक्षकलाई विचार र राजनीतिबाट अलग राख्नुपर्छ भन्ने सोंच केपी ओलीमा देखियो, शिक्षक संगठनलाई नै औपचारिक संगठन बनाउन हुँदैन् भनेर उहाँ लाग्नुभयो”, प्रचण्डले भनेका छन् ।

शिक्षक संगठनलाई औपचारिक संगठन बनाउन हुन्न भन्ने ओलीले पार्टी विभाजन पछि भने केन्द्रीय समितिमा थुप्रै शिक्षकलाई समेटेको प्रचण्डको भनाई छ । उनका अनुसार ओलीको त्यो शैली ठगीको शैली हो ।

वि.सं.२०७७ माघ २६ सोमवार १६:०३ मा प्रकाशित