back
CTIZAN AD

कोरोना विरुद्धको दोश्रो चरणको खोप अभियानः उपत्यकाका कुन अस्पतालमा लगाउन पाइन्छ त ?

वि.सं.२०७७ माघ २६ सोमवार

708 

shares

२६ माघ, काठमाण्डौं । कोरोना भाइरसविरुद्धको खोप अभियान अन्तर्गत सोमबारदेखि सुरु भएको दोश्रो चरणको खोप अभियान पत्रकार, कुटनैतिक नियोगका कर्मचारीहरुले उपत्यकाका विभिन्न अस्पतालबाट लगाउन पाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार शुक्रबारसम्म लगाइने उक्त खोपका लागि संचारकर्मीेहरुका लागि बानेश्वरको मिनभवनस्थित निजामति कर्मचारी अस्पताल, युएन ऐजेन्सीहरुमा कार्यरत तथा विदेशी कर्मचारीकाहकमा आश्रित कर्मचारीहरुका लागि पाटन अस्पताल ललितपुर, राजदूतावास,कुटनैतिक नियोगमा कार्यरत तथा विदेशी कर्मचारीहरुका लागि त्रि.बि शिक्षण अस्पताल महाराजगन्ज र शहिद गंगालाल अस्पताल बासबारीबाट खोप लगाइने व्यवस्था रहेका छ ।

माघ २५ गतेको नेपाल सरकार सचिवस्तरीय निर्णयअनुसार कोभिड १९ विरुद्धको खोप दिने व्यवस्था गरिएकाले सो लक्षित वर्गमा पर्नेहरु र काठमाडौं उपत्यकाभित्र रहेका व्यक्तिहरुले सरोकारवाला सूचना, संचार तथा प्रविधि मन्त्रालय र पराष्ट्र मन्त्रालय मार्फत् खोप सचिवालय, स्वास्थ्य विभाग टेकुमा सम्पर्क राखेर खोप लगाउन पनि अनुरोध गरिएको छ ।

त्यस्तै उपत्यकाबाहिरको हकमा भने अर्को सूचना प्रकाशन गरिने बताइएको छ ।

नेपालमा कोरोनाविरुद्धको खोप अभियानः आजबाट पत्रकारलाई लगाइने

वि.सं.२०७७ माघ २६ सोमवार १६:०८ मा प्रकाशित

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...