back
CTIZAN AD

नेपालमा कोरोनाविरुद्धको खोप अभियानः आजबाट पत्रकारलाई लगाइने

वि.सं.२०७७ माघ २६ सोमवार

759 

shares

२६ माघ, काठमाडौं । नेपालमा माघ १५ गतेदेखि सुरु भएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट पत्रकार, कुटनीतिक नियोगका कर्मचारी, युएन एजेन्सी लगायतका कर्मचरालाई लगाइने भएको छ ।

पहिलो चरण अन्तर्गत देशैभरी रहेका झण्डै २०१ खोप बुथबाट कोरोना भाइरसविरुद्धको लडाईमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयम्सेविका, एम्बुलेन्सचालक, शब बाहन चालकलगायतलाई खोप लगाईएको थियो ।

पहिलो चरणमा ७७ वटै जिल्लामा फ्रन्टलाइनमा खटिएका १ लाख ८५ हजार बढीले उक्त खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोहि अभियान अन्तर्गत आजबाट पत्रकार लगायतले कोरोना खोप लगाउन पाउने भएका छन् । आज (सोमबार) देखि शुक्रबारसम्म कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिएर काम गर्ने पत्रकारहरुलाई नयाँ बानेश्वरस्थित निजामति कर्मचारी अस्पतालबाट खोप दिइने भएको छ । त्यसका लागि सूचना विभागको प्रेस पास लिएर जानुपर्ने पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशैभरी रहेका झण्डै १३ हजार पत्रकारले उक्त खोप सेवा लिन पाउनेछन् ।

वि.सं.२०७७ माघ २६ सोमवार ०८:३५ मा प्रकाशित

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...